नेपाली कांग्रेस मनाङका सक्रीय सदस्य पेमा छिरिङ्गको अन्त्येष्टी गरियो
- by मनाङअनलाईन सम्वाददाता
- 2020-05-18
- 4500 views

चामे, ५ जेठ/ नेपाली कांग्रेस मनाङका सक्रीय कार्यकर्ता एवं क्रियाशिल सदस्य पेमाछिरिङ गुरुङका अन्त्येष्टी गरिएको छ । मनाङ ङिस्याङ गाउँपालिका वडा नं. १ पिसाङमा नेपाली कांग्रेस मनाङले पार्टीको झण्डा ओढाएर उनको अन्त्येष्टी संस्कार गरिएको हो ।
मनाङ ङिस्याङ गाउँपालिका वडा नं. १ पिसाङका स्थायी बासिन्दा ४० वर्षीय गुरुङको असामयिक निधनप्रति नेपाली कांगे्रेस मनाङका जिल्ला सभापति पूर्व श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले गहिरो दुःख ब्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली एवं शोक सन्तप्त परिवारप्रति समवेदना ब्यक्त गरेका छन् ।
त्यसैगरी नेपाली कांगे्रसका नेता संघीय संसदमा मनाङका सदस्य कर्मा घलेले पनि पेमा छिरिङ गुरुङको असामयिक निधनप्रति मृत आत्मको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना ब्यक्त गरेका छन् ।
स्थानीय क्षेत्रका विभिन्न सामाजिक गतिविधिहरुमा समेत सक्रीय रहदै आएका नेकांका सक्रीय कार्यकर्ता पेमाछिरिङ गुरुङले गत २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्पmबाट वडा अध्यक्षको उमेदवारी समेत दिएका थिए ।
सामाजिक दुरी कायम गर्दै सम्पन्न गरिएको उनको अत्यष्टीमा जिल्ला समन्वय समिति मनाङका अध्यक्ष यज्ञबहादुर घले र नासों गाउँपालिका अध्यक्ष चन्द्र घले एवं मनाङ सिङ्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेका साथै नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सचिवद्वय विनोद गुरुङ र सुरेन्द्र गुरुङ सहित जिल्लाका अधिकांश पार्टीसदस्य अनि कार्यकर्ताहरुले श्रद्धाञ्जली दिएका थिए । स्वर्गीय गुरुङका श्रीमती र एक छोरी छन् ।
सम्बन्धित समाचार
- राष्ट्रपति पौडेलले गरे जानकी मन्दिरमा पूजा
- बागमती प्रदेश सरकारद्वारा विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माणसम्बन्धी कार्यविधि बनाउने
- बार्सिलोनाले सेल्टा भिगोलाई ३-२ गोलले हरायो
- आजको मौसम : आंशिकदेखि सामान्य बदली रहने
- प्रधानमन्त्री प्रचण्ड र नर्वेका प्रधानमन्त्रीबीच भेट
- नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरुले बिहीबार पनि आन्दोलन जारी राखे (तस्विर)
- निक्षेप र कर्जा घट्यो
- विश्व शान्ति दिवस नेपालमा पनि मनाइदै
- विज्ञानलाई नै चुनौती दिदैँ १०१ बर्षीय महिलाले जन्माईन् बच्चा
- महानगरपालिकाले विद्यालय बन्द गर्ने शिक्षकलाई कारबाही गर्ने
- ‘छैटौं कोस अन्तर्राष्ट्रिय ‘ट्राइ–एडभेन्चर्स च्याम्पियनसिप’ २०८०
- यसरी मनाइयो संविधान दिवस (फोटो फाईल)
- 0मनाङको उच्च भागमा फेला पर्याे अर्को ताल
- 0नेपाली कांग्रेस मनाङका सक्रीय सदस्य पेमा छिरिङ्गको अन्त्येष्टी गरियो
- 0संघीय सांसद पोल्देन छोपाङको दादागिरी शैली
- 0पूर्वश्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ र सांसद कर्म घले राहत सहति मनाङमा
- 0हिमालको काखमा बोलको मनाङको गीतले चर्चा बटुल्दै
- 0नेपाली काँग्रेस मनाङले प्रदेश सभा निर्वाचन क्षेत्र नंम्बर क र ख मा क्षेत्रीय प्रतिनिधि गठन गर्यो
- 0पूर्व राज्यमन्त्री गुरुङ संविधानसभा पदकबाट विभूषित हुने
- 0मनाङका पूर्व जिल्ला विकास समिति सभापतिको निधन
- 0माथिल्लो मनाङमा बाटो खोल्न सांसद घले एवं पूर्व राज्यमन्त्री गुरुङको पहल
- 0मनाङको सदरमुकाम चामेमा सुविधासम्पन्न अस्पताल
- 0लगातारको वर्षाका कारण अवरुद्ध सडक पुर्व राज्यमन्त्री गुरुङको निजी लगानीमा खुलाईयो
- 0मनाङका कांग्रेस उम्मेद्वार टेक बहादुर गुरुङ माथि एमालेका प्रतिद्वन्दी पोल्देन छोपाङ गुरुङको निर्देशनमा गाउँपालिकाका उपाध्यक्ष नेतृत्वको समूहद्वारा आक्रमण