
काठमाडौं, २७ जेठ / निकै नै महत्वका साथ हेरिएको राजधानीको ठमेल पर्यटन विकास परिषद्को हालै सम्पन्न निर्वाचनबाट मनाङका तीन जना पर्यटन व्यवसायीले नेतृत्व पाएका छन् । परिषद्को उपाध्यक्ष पदमा मनाङकी गीता गुरुङले विजय हासिल गरेकी छिन् ।
त्यसैगरी परिषद्का कार्यसमितिका ८ सदस्यहरुमध्ये दुई जना मनाङका पर्यटन व्यवसायीहरु रहेका छन् । मनाङका रुपेश गुरुङ र कर्मा घलेले गत जेठ २५ गते सम्पन्न परिषद्को निर्वाचनमा कार्यसमिति सदस्य पदमा विजयी प्राप्त गरेका हुन् । ठमेल पर्यटन विकास परिषद्लाई पर्यटन क्षेत्रको एउटा खम्बाको रुपमा हेर्ने गरिएको छ ।
ठमेल पर्यटन विकास परिषद्मा गत शनिवार सम्पन्न नयाँ कार्यसमिति चयन गर्ने प्रकृयालाई पर्यटन क्षेत्रको चासोका साथ हेरिएको थियो । परिषद्को यो निर्वाचनबाट अध्यक्ष सहित १५ सदस्यीय नयाँ कार्यसमिति निर्माण भएको छ । विजयी नयाँ नेतृत्वलाई बधाई तथा शुभकामना आउने क्रम जारी रहेको परिषद् श्रोतले जनाएको छ ।
सम्बन्धित समाचार
- मनाङका कांग्रेस उम्मेद्वार टेक बहादुर गुरुङ माथि एमालेका प्रतिद्वन्दी पोल्देन छोपाङ गुरुङको निर्देशनमा गाउँपालिकाका उपाध्यक्ष नेतृत्वको समूहद्वारा आक्रमण
- मनाङमा गठबन्धन दलहरुबाट उम्मेदवारी मनोनयन दर्ता गराईयो, स्वतन्त्र उम्मेदवार राजीव गुरुङलाई गठनबन्धनको समर्थन
- डेंगु सङ्क्रमणबाट ३८ जनाको मृत्यु, २८ हजार बढीमा डेंगु पुष्टि
- दशैँको लहर संगै मनाङ भित्रिन थाले पर्यटक
- आजदेखि निर्वाचन आचारसंहिता लागू
- पूर्व राज्य मन्त्री गुरुङद्वारा सोनाम ल्होसारको शुभकामना ब्यक्त
- बुस्टर डोज काठमाडौंका यी १७ ठाउँमा लगाउन पाइन्छ
- पूर्व राज्य मन्त्री गुरुङद्वारा ल्होसार शुभकामना ब्यक्त
- मनाङका उच्च वस्तिहरुमा ब्यापक हिमपात
- नयाँ दिल्लीमा आजबाट रात्रिकालीन कर्फ्यु
- कांग्रेस केन्द्रीय सदस्य पदमा पूर्व श्रम तथा रोजगार राज्यमन्त्री गुरुङ विजयी
- पूर्व राज्यमन्त्री गुरुङद्वारा मनाङको विद्यालयलाई ६ लाख सहयोगको घोषणा
- 0मनाङको उच्च भागमा फेला पर्याे अर्को ताल
- 0नेपाली कांग्रेस मनाङका सक्रीय सदस्य पेमा छिरिङ्गको अन्त्येष्टी गरियो
- 0संघीय सांसद पोल्देन छोपाङको दादागिरी शैली
- 0पूर्वश्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ र सांसद कर्म घले राहत सहति मनाङमा
- 0हिमालको काखमा बोलको मनाङको गीतले चर्चा बटुल्दै
- 0नेपाली काँग्रेस मनाङले प्रदेश सभा निर्वाचन क्षेत्र नंम्बर क र ख मा क्षेत्रीय प्रतिनिधि गठन गर्यो
- 0पूर्व राज्यमन्त्री गुरुङ संविधानसभा पदकबाट विभूषित हुने
- 0मनाङका पूर्व जिल्ला विकास समिति सभापतिको निधन
- 0माथिल्लो मनाङमा बाटो खोल्न सांसद घले एवं पूर्व राज्यमन्त्री गुरुङको पहल
- 0मनाङको सदरमुकाम चामेमा सुविधासम्पन्न अस्पताल
- 0लगातारको वर्षाका कारण अवरुद्ध सडक पुर्व राज्यमन्त्री गुरुङको निजी लगानीमा खुलाईयो
- 0मनाङका कांग्रेस उम्मेद्वार टेक बहादुर गुरुङ माथि एमालेका प्रतिद्वन्दी पोल्देन छोपाङ गुरुङको निर्देशनमा गाउँपालिकाका उपाध्यक्ष नेतृत्वको समूहद्वारा आक्रमण