मनाङमा गठबन्धन दलहरुबाट उम्मेदवारी मनोनयन दर्ता गराईयो, स्वतन्त्र उम्मेदवार राजीव गुरुङलाई गठनबन्धनको समर्थन
- by मनाङअनलाईन सम्वाददाता
- 2022-10-10
- 302 views

चामे, २४ अशोज/ आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिविधि सभा र प्रदेश सभाको निर्वाचनका लागि गठबन्धन दलहरुबाट उम्मेदवारहरुको मनोनयन दर्ता गराइएको छ । गठबन्धन दलहरुको समर्थनमा नेपाली कांग्रेस पार्टीबाट प्रतिनिधि सभाको एक मात्र निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला मनाङमा प्रत्यक्षतर्फ नेपाली कांग्रेसका केन्द्रीय सदस्य पूर्व श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले आफ्नो पार्टीबाट उम्मेदवारी मनोनायन दर्ता गराएका हुन् ।
त्यसैगरी प्रदेशसभा अन्तर्गत २ निर्वाचन क्षेत्र रहेको जिल्ला मनाङमा गण्डकी प्रदेश सभका लागि नेपाली कांग्रेस र अन्य दलहरुको तर्फबाट उम्मेदवारी मनोनयन दर्ता भएको छ । चुनावी मैदानमा गठबन्धनको समर्थनबाट गण्डकी प्रदेशभामा प्रत्यक्षतर्फ निर्वचन क्षेत्र ‘ख’ का लागि स्वतन्त्र उम्मेदवार गण्डकी प्रदेशका युवा तथा खेलकूद मन्त्री राजीव गुरुङले उम्मेदवारी मनोनयन गर्दा गराएका छन् ।
त्यस्तै गण्डकी प्रदेश सभामा मनाङको निर्वाचन क्षेत्र ‘क’ बाट नेपाली कांग्रेसका मुनिन्द्रजङ्ग गुरुङको उम्मेदवारी मनोनयन दर्ता भएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ । आगामी मंसिर ४ गते सम्पन्न हुने निर्वाचनमा मनाङ जिल्लाबाट प्रतिनिधि सभाका लागि प्रत्यक्ष तर्फ ३ वटा दलहरुबाट ३ जना उम्मेदवारहरुबीच प्रतिष्पर्धा हुने निर्वाचन अधिकृतको कार्यालय मनाङले जनाएको छ ।
आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा मनाङ जिल्लाबाट कुल ६ हजार ७ सय ७९ जना मतदाताहरुले मतदान गर्न पाउने छन् । जसमा ३ हजार २ सय ८१ पुरुष र ३ हजार ४ सय ९८ महिलाको नाम मतदाता नामावलीमा सूचीकृत भएको बताईएको छ ।
सम्बन्धित समाचार
- आयोगद्वारा वैशख १० मा हुने उपनिर्वाचनका लागि दल दर्ता आह्वान
- प्रधानमन्त्री प्रचण्डले लिए विश्वासको मत
- राष्ट्रपतिद्वारा उपराष्ट्रपतिलाई दिलाईयो शपथ
- स्ववियु चुनावमा कतै मत परिणाम आँउदा कतै अवरोध
- विश्वकप छनोटमा नेपाललाई ऐतिहासिक सफलता
- तेस्रो कार्यकालका लागि राष्ट्रपति चुनिए सी चिनफिङ
- राष्ट्रपति निर्वाचनको मतगणना सुरु
- म शितल निवासबाट बाहिर निस्कँदा सर्व साधारणलाई सस्ती खेप्न दिने छैन : रामचन्द्र पौडेल
- प्रधानमन्त्री दाहालविरुद्धको रिट न्यायधीश श्रेष्ठको इजलासमा
- राष्ट्रपति निर्वाचन : पहिलो मत खसाले रामचन्द्र पौडेलले
- मनाङ मस्र्याङ््दी क्लबसँग हिमालयन शेर्पाको बराबर गोल
- नयाँ योजनासहित लोक सेवा आयोगको तेस्रो राष्ट्रिय सम्मेलन धनगढीमा
- 0मनाङको उच्च भागमा फेला पर्याे अर्को ताल
- 0नेपाली कांग्रेस मनाङका सक्रीय सदस्य पेमा छिरिङ्गको अन्त्येष्टी गरियो
- 0संघीय सांसद पोल्देन छोपाङको दादागिरी शैली
- 0पूर्वश्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ र सांसद कर्म घले राहत सहति मनाङमा
- 0हिमालको काखमा बोलको मनाङको गीतले चर्चा बटुल्दै
- 0नेपाली काँग्रेस मनाङले प्रदेश सभा निर्वाचन क्षेत्र नंम्बर क र ख मा क्षेत्रीय प्रतिनिधि गठन गर्यो
- 0पूर्व राज्यमन्त्री गुरुङ संविधानसभा पदकबाट विभूषित हुने
- 0मनाङका पूर्व जिल्ला विकास समिति सभापतिको निधन
- 0माथिल्लो मनाङमा बाटो खोल्न सांसद घले एवं पूर्व राज्यमन्त्री गुरुङको पहल
- 0मनाङको सदरमुकाम चामेमा सुविधासम्पन्न अस्पताल
- 0लगातारको वर्षाका कारण अवरुद्ध सडक पुर्व राज्यमन्त्री गुरुङको निजी लगानीमा खुलाईयो
- 0मनाङका कांग्रेस उम्मेद्वार टेक बहादुर गुरुङ माथि एमालेका प्रतिद्वन्दी पोल्देन छोपाङ गुरुङको निर्देशनमा गाउँपालिकाका उपाध्यक्ष नेतृत्वको समूहद्वारा आक्रमण