मनाङका उच्च वस्तिहरुमा ब्यापक हिमपात

मनाङका उच्च वस्तिहरुमा ब्यापक हिमपात

    चामे, १३ पौष/ शानिवार साझदेखि मनाङका उच्च वस्तिहरुमा ब्यापक हिमपात भएको छ । मनाङको सदरमुकाम रहेको गाउँपालिका चामेका उच्च वस्तिहरुका साथै माथिल्लो मनाङ र नार्पाभूमिका वस्तिहरुमा अत्यधिक मात्रामा हिमपात भएको हो ।
    शनिवार साँझदेखि शुरुभएको हिमपातले बढेको चिसोको कारण स्थानीय बासिन्दाहरु निकै नै प्रभावित बन्न पुगेको स्थानीय जनप्रतिनिधिहरुले बताएका छन् । स्थानीय बासिन्दाहरुका अनुसार मनाङको हिमपात भएका वस्तिहरुमा पछिल्लो तापक्रम मापन माइनस् १० डिग्रीसम्म पुगेको छ ।
    मंगलवार दिउससम्म पनि हिमपातको असर रहेको स्थानीय जनप्रतिनिधिहरुले जनाएका छन् । मंसिरको १७ गतेपनि माथिल्लो मनाङमा हिमपात भएको थियो । तर शनिवारदेखि परेको हिमपात तल्लो मनाङको उच्च वस्तिहरुमा पनि परेको बताईएको छ । हिमपातले तल्लो वस्तिका खेतवारीहरुमा बाली लगाउन सहज हुने पनि स्थानीय कृषकहरुले जानकारी दिएका छन् ।


सम्बन्धित समाचार