तीन वटा प्रदेशका प्रदेश प्रमुख फेर्ने सरकारको तयारी

तीन वटा प्रदेशका प्रदेश प्रमुख फेर्ने सरकारको तयारी


सरकारले तीन वटा प्रदेशका प्रदेश प्रमुखहरुलाई हटाउने तयारी गरेको छ।
प्रदेश २ का राजेश झा, गण्डकीका सीताकुमारी पौडेल र लुम्बिनीका प्रदेश प्रमुख धर्मानन्द यावदलाई हटाएर उनीहरुको ठाउँमा नयाँलाई नियुक्त गर्ने तयारी सरकारले गरेको हो ।
आज दिउँसो ३ बजे बस्ने मन्त्रिपरिषद बैठकले यसबारे निणर्य लिने बुझिएको छ ।
केपी ओली सरकारले नियुक्त गरेका तीनजना प्रदेश प्रमुखलाई हटाएर उनीहरुको ठाउँमा कसलाई नियुक्ती गरिँदैछ भन्ने खुलेको छैन।
यसअघि देउवा सरकारले नियुक्त गरेका सातवटै प्रदेश प्रमुखहरुलाई हटाएर ओली सरकारले नयाँलाई नियुक्त गरेको थियो।

सम्बन्धित समाचार