
काठमाडौं, १७ वैशाख / भारतमा अढाई महिनासम्मको उपचारपछि प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारी स्वदेश फर्किएका छन् । सांसद भण्डारी आईतवार अपरान्ह काठमाडौ उत्रिएका हुन् ।
काठमाडौंको बुद्धनगर स्थित आफ्नै निवासमा ग्यास चुहावटका कारण भएको आगलागीमा जलेर गम्भीर घाइते भएका सांसद भण्डारी अडाई महिनासम्म भारतको मुम्बईमा रहेको नेशनल बर्न सेन्टर अस्पतालमा उपचारपछि आइतबार अपरान्ह स्वदेश फर्किएका हुन् । काठमाडौंमा प्रवेश गरेपछि आमसञ्चारकर्मीहरु र शुभेच्छुकहरुको उपस्थितिलाई सम्बोधन गर्दै सांसद डा. भण्डारीले आगलागीका घटना र आगलागीपछिको मुत्युदर न्युनीकरणका लागि विशेष रुपमा काम गर्ने आफ्नो इच्छा भएको बताए ।
आफ्नो उपचारमा सहयोग गर्ने र स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिदै सांसद डा. भण्डारीले आगामी दिनमा आगलागीबाट हुने घटनाहरु कम गर्न नीति निर्माण तहमा वा अन्य कुनै पनि ढंगले योगदान गर्न सके स्वर्गीय आमाका लागि श्रद्धाञ्जली हुने धारणा ब्यक्त गरे ।
आमसञ्चारकर्मीहरु र शुभेच्छुकहरुसँगको उक्त भेटमा नेपाली कांग्रेसका नेता डा. भण्डारीले विदेशमा उपचार गर्न जाने आफ्नो चाहना नभएको तर चिकित्सकहरुले यहाँ सम्भव नहुने देखेर भारत लैजान सिफारिस गरेको पनि जानकारी दिए । सांसद डा.भण्डारीले आगामी दिनमा आगलागीमा परेका नेपालीको उपचार गर्न सक्ने पूर्वाधार र जनशक्ति नेपालमै तयार गर्नुपर्नेमा जोड दिए ।
सम्बन्धित समाचार
- आज विश्वासको मत लिदै गण्डकी मुख्यमन्त्री पाण्डे
- मन्त्री मण्डल विस्तारक्रम अझैजारी, थपिए ३ मन्त्री
- मनाङद्वारा आर्र्मी १–० गोल अन्तरले पराजित
- आविष्कारका लागि बजेट छुट्याईने सरकारको प्रतिबद्धता पछि टुङ्गियो महावीर पुनको आन्दोन
- भारतमा उपचार सकेर फर्किए सांसद डा. चन्द्र भण्डारी
- रास्वपाका डा. स्वर्णिम वाग्ले अत्याधिक बहुमतले विजयी
- मनाङका गुरुङ पनि मानपदवीद्वारा सम्मानित
- नेपालको अर्थतन्त्र सुधारको दिशामा रहेको राष्ट्र बैंकको दावी
- नेपालको अर्थतन्त्र सुधारको दिशामा रहेको राष्ट्र बैंकको दावी
- नेपालको अर्थतन्त्र सुधारको दिशामा रहेको राष्ट्र बैंकको दावी
- आयल निगमलाई ५ बुँदे स्पष्टीकरण दिन मन्त्रालयको निर्देशन
- रामेछापमा सवारी दुर्घटनाहुँदा ५ जनाको मृत्यु
- 0मनाङको उच्च भागमा फेला पर्याे अर्को ताल
- 0नेपाली कांग्रेस मनाङका सक्रीय सदस्य पेमा छिरिङ्गको अन्त्येष्टी गरियो
- 0संघीय सांसद पोल्देन छोपाङको दादागिरी शैली
- 0पूर्वश्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ र सांसद कर्म घले राहत सहति मनाङमा
- 0हिमालको काखमा बोलको मनाङको गीतले चर्चा बटुल्दै
- 0नेपाली काँग्रेस मनाङले प्रदेश सभा निर्वाचन क्षेत्र नंम्बर क र ख मा क्षेत्रीय प्रतिनिधि गठन गर्यो
- 0पूर्व राज्यमन्त्री गुरुङ संविधानसभा पदकबाट विभूषित हुने
- 0मनाङका पूर्व जिल्ला विकास समिति सभापतिको निधन
- 0माथिल्लो मनाङमा बाटो खोल्न सांसद घले एवं पूर्व राज्यमन्त्री गुरुङको पहल
- 0मनाङको सदरमुकाम चामेमा सुविधासम्पन्न अस्पताल
- 0लगातारको वर्षाका कारण अवरुद्ध सडक पुर्व राज्यमन्त्री गुरुङको निजी लगानीमा खुलाईयो
- 0मनाङका कांग्रेस उम्मेद्वार टेक बहादुर गुरुङ माथि एमालेका प्रतिद्वन्दी पोल्देन छोपाङ गुरुङको निर्देशनमा गाउँपालिकाका उपाध्यक्ष नेतृत्वको समूहद्वारा आक्रमण