एमाले परित्याग गर्दै नेपाली काँग्रेसमा प्रवेश

एमाले परित्याग गर्दै नेपाली काँग्रेसमा प्रवेश

मनाङ, २३ भाद्र । नेकपा एमालेभित्र देखिएको तिव्र असन्तुष्टीको असर मनाङमा समेत देखापरेको छ । चामे- २, थानचोकका एमालेका प्रभावशाली स्थानीय युवा नेता महेन्द्र घले नेकपा एमालेभित्र देखिएको चरम गुटवन्दी एवं पार्टि फुटप्रति असहमति जनाउँदै उक्त दल परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।


    उनलाई नेपाली काँग्रेसका सभापति एवं पुर्व श्रम तथा रोजगार राज्य मन्त्री टेक बहादुर गुरुङले नेपाली काँग्रेसको साधारण सदस्यता प्रदान गर्दै बुधबार पार्टिमा प्रवेश गराएका छन् । पार्टि प्रवेश कार्यक्रममा पुर्व मन्त्री गुरुङले युवा नेता घलेबाट काँग्रेसको संगठन विस्तारमा महत्वपुणर् भुमिका खेल्ने अपेक्षा राखेका छन् ।
    काँग्रेसमा प्रवेश गरेका घलेले आफुले पार्टिले दिएको जिम्मेवारी ईमान्दरी पुर्वक निर्वाह गर्ने र संगठन विस्तारमा लागी पर्ने बताए । युवाहरु वीच लोकप्रिय घलेलाई काँग्रेसले जिल्लाको उच्च स्तरीय जिम्मेवारी दिने तयारी गरेको छ । थानचोकका प्रभावशाली युवा घले स्थानीय वीच लोकप्रिय मानिन्छन् । उनको काँग्रस पार्टि प्रवेशसंगै मनाङमा काँग्रेसको संगठन विस्तारमा उल्लेखनिय परिवर्तन हुने विश्वास गरिएको छ ।

सम्बन्धित समाचार