पूर्वसांसद घलेको निधन, मनाङ जिल्लाले गुमायो प्रभावशाली नेता

पूर्वसांसद घलेको निधन, मनाङ जिल्लाले गुमायो प्रभावशाली नेता

२४ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद कर्मा घलेको मृत्यु भएको छ । घलेको  ५९ वर्षको उमेरमा मंगलबार मध्यान्ह मृत्यु भएको हो । 

प्रस्टेट क्यान्सरका कारण लामो समय भारतमा उपचार गराउँदै आएका घले पछिल्लो समय भने केहि समय अघि देखि नोिलमै उपचार रत थिए । महारागञ्जस्थित त्रिभुवन शिक्षण अस्पतालमा उपचारकै क्रममा निधन भएको हो ।

मनाङका घले २०७४ सालमा समानुपातिक तर्फबाट प्रतिनिधि सभा सदस्य भएका थिए । नेपाली काँग्रस मनाङको कोषध्यक्ष पद सम्हाली सकेका घले कांग्रेसमा महासमिति सदस्य समेत हुन । सक्रिय राजनीतिका साथै सामाजिक कार्यहरुमा घलेको योगदान अतुलनीय रहेको छ । 

घलेको निधन संगै नेपाली काँग्रेस मनाङले मात्र नभई सम्पूणर् नेपाली काँग्रैसले नै एक प्रभावशाली नेता गुमाएको नेपाली काँग्रस मनाङका सचिव महेन्द्र घलेले बताए ।

सम्बन्धित समाचार