आमाको भावना बुझ्दै राहत कार्यक्रम सञ्चालन गर्ने आमाः निक्का नेपाल

आमाको भावना बुझ्दै राहत कार्यक्रम सञ्चालन गर्ने आमाः निक्का नेपाल

गत असार १ गते आएको बाढि पहिरोका कारण मनाङ जिल्लाको धेरै जसो ठाउँमा क्षति पुराए पछि हाल सम्म पनि सडक सुचारु हुन सकेको छैन । यसै क्रममा काठमाडौंमा वस्दै अएकी मनाङकी चेली सन्ना गुरुङ जो आफैँ वच्चाको आमा हुन् । उनले जिल्लामा आएको विपत्तिका कारण प्रभावित मनाङ ङिश्याङ गाउँपालिकाको ९ वटै वडा र नाशोँ गाउँपालिकाको वडा नं १ ताल गाउँका आमा र वच्चाहरुका लागी राहत वितरण गरेकी छिन् ।


उनले विभिन्न व्यक्ती संस्था र सम्वन्धित निकायहरुसंग समन्वय गरेर २ वर्ष सम्मका बच्चाहरुको लागी एउटा प्याकेज नै तयार पारेर आफ्नै कम्पनिको कपडा सेट, सुमी फार्मास्युटिकल्सबाट बच्चालाई आवस्यक पर्ने झोल औषधिहरुको सेट, हिमालयको पाउडर, साबुन, तेलको सेट, मिमिको डाईपर्स र वेट टिस्यु, आमाको लागी केटिएम सिटिको स्वेटर, ट्राउजर, मास्क, बच्चाको मास्क, ०९-१५ वर्ष सम्मको उमेर समुहका लागी स्वेटर, ट्राउजर जम्मा गरी काठमाण्डौंबाट वेशीशहर सम्म पठाईन् ।


नेपाल सरकारले उपलब्ध गराएको नेपाल आर्मिको हेलिकप्टर मार्फत वेशीशहर देखि जिल्ला भरी राहत वितरण गराईन् । मनाङ अनलाईन संगको संवादको क्रममा निक्का नेपालकी सन्ना गुरुङले यस्तो बताईन “म स्वयं एउटा आमा भएको कारण बिपतमा परेको आमाहरूको भावना बुझ्छु । त्यसैले मैले यो राहतको कार्यक्रम गर्ने बिचार गरेकी हुँ । राहत वितरणको क्रममा खाधन्न र अरू सामानहरू त धेरैले दिए तर आमा र वच्चाहरूको लागि यो नै सबभन्दा उपयुक्त होला भनेर मैले यो कार्यक्रम गरेकी हुँ ।”


मनाङ ङिस्याङ गा.पा. वडा नं ९ की सम्तेन डोल्मा गुरूङका अनुसार “बिपतको बेला पैसा भए पनि नानीबाबुहरूको लागि चाहिने आबश्यक सामानहरू किन्न पाईएन तर दिदी सन्नाले बच्चाहरूको लागि आवस्यक राहतको सामानहरू पठाएर घाउमा मलम लगाए सरह भयो । विशेष गरि बच्चाको डाईपर्स पाउँदा अति नै खुशी लाग्यो । त्यस्तै मनाङका धेरै आमाहरूले पनि खुशी हुँदै निका नेपालकी सन्ना गुरूङलाई धेरै धेरै धन्यवाद दिए ।”


निक्का नेपालकी सन्ना गुरूङले यो कार्यक्रम सफल पार्न सहयोग गर्न हुने सम्पूणर् महानुभावहरू र सहयोग दाताहरूSumy Pharmaceuticals, K.T.M. City, MeeMee, Himalaya, Seed Nepal, MumÚ ma store, Ste3 na logistic, Jeevee सबैलाई हार्दिक धन्यवाद दिन चाहेको बताईन । मनाङ जिल्लाको नासोङ गाउँ पालिकामा पनि बच्चाको राहत सामान पठाई बितरण भई सकेको जानकारी जानकारी दिईन । भबिष्यमा पनि आफु यसरीनै समाज सेवामा लाग्ने योजना रहेको गुरुङले जानकारी दिईन् ।

सम्बन्धित समाचार