भारतको विभिन्न क्षेत्रमा भूकम्पको धक्का

भारतको विभिन्न क्षेत्रमा भूकम्पको धक्का


भारतका अलग-अलग क्षेत्रमा बुधबार बिहान शक्तिशाली भुकम्पको झट्का महसूस गरिएको छ ।
भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार बुधबार बिहान राजस्थान, मेघालय तथा लद्दाखमा भूकम्प गएको हो । यी मध्ये राजस्थानको बीकानेरमा ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प मापन गरिएको छ । यसबाहेक मेघालयमा पनि भूकम्पको झट्का महसूस गरिएको बताइएको छ । भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले राजस्थानका बीकानेरमा आज बिहान ५ बजेर ३९ मिनेटछमा भूकम्पको झट्का महसूस गरिएको जनाएको छ ।
यसबाहेक लेह-लद्दाखमा पनि बिहान करिव सवा ५ बजे ३ दशमलव ६ रेक्टर स्केलको भूकम्प मापन गरिएको केन्द्रले जनाउको छ । क्षतीको विवरण भने सार्वजनीक भएको छैन ।

सम्बन्धित समाचार