अन्नपूर्ण पदयात्रामा ह्विलचेयरका पाहुना

अन्नपूर्ण पदयात्रामा ह्विलचेयरका पाहुना

मनाङमा विगत २ वर्षदेखि कोभिड १९ (कोरोना भाईरस) र गत असार १ गते परेको अविरल वर्षाका कारण मनाङमा अएको वाढी पहिरोका कारण थलिएको भएको पर्यटन व्यवसाय केहि व्युतने प्रयासमा छ । त्यहि क्रममा अन्नपूर्ण फेरो पदयात्राका लागी आएका ४२ जना विदेशि समुह यतिबेला माथिल्लो मनाङमा पुगेका छन् ।

५४१६ मिटर उचाईको थोराङला भञ्ज्याङ पार गर्ने उद्देश्य सहित मनाङ उक्लेको त्यो समुहमा सामान्य अवस्था बाहेक फरक शारिरिक क्षमताका पदयात्री पनि सहभागि छन् । अर्थात, समुहमा ह्विलचेयरमै बसेर थोराङला भञ्ज्याङ पार गर्ने उद्देश्यका साथ सहभागि भएका फरक क्षमता (अपांगता भएका) का व्यक्ति पनि छन् । उनीहरुले ह्विलचेयरमै बसेर थोराङला भञ्ज्याङ पार गर्ने साहस बटुलेका छन् ।
तस्वीरः लेखनाथ गौतम

कोभिड १९ पछिको  सबै भन्दा ठुलो   समुह इजरायली ४२ र फ्रान्सको १ जना गरि जम्मा ४३ (अपाङ्ग ७ जना सहित) जना  समिट एयरलाइन्सको बिमानमा मिति २०७८/६/१५ गते  हुम्डेमा आएका थिए । ४२ जना विदेशी सहितको यो समुहमा नेपाली सहयोगी समेत गर्दा झन्डै ८० जना रहेका छन् । उनीहरु थोराङला भञ्ज्याङ पार गरेर मुस्ताङ हुँदै पोखरा झर्ने अन्नपूर्ण संरक्षण छेत्र मनाङका प्रमुख लेखनाथ गौतमले जानकारी दिएका छन् ।

फरक प्रकृतिका पदयात्रीहरु समेत अन्नपूर्ण संरक्षण क्षेत्रको  सबै भन्दा अग्लो पास थोरोङ–ला हुइलचियर माफर्त  पास गर्दा आम पर्यटन व्यवसायी समेत उत्साहित भएका छन् । मनाङ जिल्लामा आएको वाढी पहिरो र कोरोना भाइरसको संक्रमणको समायमा यस्तो पर्यटकको टोली मनाङहुदै थोरङ–ला पास गर्नु मनाङ जिल्लाको लागी एउटा ऐतिहाँशीक उपलव्धी हुने समाजसेवी एवं पर्यटन व्यवसायी विनोद गुरुङले बताएका छन् ।

  तस्वीरः लेखनाथ गौतम

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका प्रमुख लेखनाथ गौतमका अनुसार फरक क्षमताका इजरायलीको यस्तै समुहको यो तेश्रो पदयात्रा हो । अघिल्लो वर्ष कोरोना संक्रमणले गर्दा टिम आउन सकेको थिएन । कोरोना सुरु हुनु अघि यस्तै दुई समुहले यो रुटको पदयात्रा पुरा गरिसकेको छ । अहिले कोरोना संक्रमण कमजोर भएको मौका पारेर तेश्रो समुह पदयात्रामा आएको उनले बताए ।  

समुहको अन्नपूर्ण फेरोको पदयात्राको चाँजो मास्टर हिमालय ट्रेक्स एण्ड एक्सपिडिसनले मिलाएको हो । मास्टर हिमालयका म्यानेजर विवेक पाण्डेका अनुसार यो समुह नितान्त पदयात्राका लागि आएको हो । इजरायली पर्यटकले अन्नपूर्ण क्षेत्रको पदयात्रा निकै नै रुचाउँछन । पाँचदिन अघि उनीहरु नेपाल आएका थिए । त्यसपछि पोखरा हुँदै मनाङ पुगेका छन । अक्टोवर दोश्रो साता उनीहरुको स्वदेश फर्किने तालिका रहेको छन ।

सम्बन्धित समाचार