
युरोकप फुटबलको तयारीका लागि भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा स्पेन र पोर्चुगलले बराबरी खेलेका छन् ।
मड्रिडमा भएको खेलमा स्पेन र साबिक विजेता पोर्चुगलले गोलरहित बराबरी खेलेका हुन् ।
२७ वर्षका एमरिक लापोर्तेले स्पेनको राष्ट्रिय टिमबाट आफ्नो पहिलो खेलमा बराबरी गरेका हुन् । एमरिकले हालै मात्रै स्पेनको नागरिकता प्राप्त गरेका हुन । खेलको अन्तिम क्षणमा स्पेनका अल्भारो मोराटाले गोल गर्ने राम्रो प्रयास गरेका थिए, तर सकेनन् । उनले प्रहार गरेको बल बारमा लागेर फर्कियो ।
पोर्चुगलका डानिलो परेइराले हेड मार्फत प्रहार गरेको बल सीधै स्पेनका गोलरक्षक उनाई सिमोनको हातमा पुगेको थियो । स्पेनका मोराटा र फेरान टोरेजले गोल गर्ने केही राम्रा मौका पाएका थिए तर गोल गर्न भने सकेनन् । पोर्चुगलका क्रिष्टियानो रोनाल्डोले पनि सोचे अनुसारको प्रर्दशन गर्न सकेनन् भने गोल गर्न पनि सकेनन् ।
मैत्रीपूर्ण खेल अन्तर्गत शुक्रबार राति नै भएका अन्य खेलमा इटालीले चेक गणतन्त्रलाई ४–० तथा इस्टोनियाले फिनल्याण्डलाई १–०, लात्भियाले लिथुवानियालाई ३–१, कोसोभोले माल्टालाई २–१, नर्थ मेसेडोनियाले काजखस्तानलाई ४–०, हंगेरीले साइप्रस, क्यामरुनले नाइजेरिया तथा आइसल्याण्डले फारोइ आइल्याण्डलाई समान १–० ले पराजित गरेका छन् ।
स्लोभेनियाले जिब्रालटारलाई ६–० ले पराजित गरेको छ ।
सम्बन्धित समाचार
- आयोगद्वारा वैशख १० मा हुने उपनिर्वाचनका लागि दल दर्ता आह्वान
- प्रधानमन्त्री प्रचण्डले लिए विश्वासको मत
- राष्ट्रपतिद्वारा उपराष्ट्रपतिलाई दिलाईयो शपथ
- स्ववियु चुनावमा कतै मत परिणाम आँउदा कतै अवरोध
- विश्वकप छनोटमा नेपाललाई ऐतिहासिक सफलता
- तेस्रो कार्यकालका लागि राष्ट्रपति चुनिए सी चिनफिङ
- राष्ट्रपति निर्वाचनको मतगणना सुरु
- म शितल निवासबाट बाहिर निस्कँदा सर्व साधारणलाई सस्ती खेप्न दिने छैन : रामचन्द्र पौडेल
- प्रधानमन्त्री दाहालविरुद्धको रिट न्यायधीश श्रेष्ठको इजलासमा
- राष्ट्रपति निर्वाचन : पहिलो मत खसाले रामचन्द्र पौडेलले
- मनाङ मस्र्याङ््दी क्लबसँग हिमालयन शेर्पाको बराबर गोल
- नयाँ योजनासहित लोक सेवा आयोगको तेस्रो राष्ट्रिय सम्मेलन धनगढीमा
- 0मनाङको उच्च भागमा फेला पर्याे अर्को ताल
- 0नेपाली कांग्रेस मनाङका सक्रीय सदस्य पेमा छिरिङ्गको अन्त्येष्टी गरियो
- 0संघीय सांसद पोल्देन छोपाङको दादागिरी शैली
- 0पूर्वश्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ र सांसद कर्म घले राहत सहति मनाङमा
- 0हिमालको काखमा बोलको मनाङको गीतले चर्चा बटुल्दै
- 0नेपाली काँग्रेस मनाङले प्रदेश सभा निर्वाचन क्षेत्र नंम्बर क र ख मा क्षेत्रीय प्रतिनिधि गठन गर्यो
- 0पूर्व राज्यमन्त्री गुरुङ संविधानसभा पदकबाट विभूषित हुने
- 0मनाङका पूर्व जिल्ला विकास समिति सभापतिको निधन
- 0माथिल्लो मनाङमा बाटो खोल्न सांसद घले एवं पूर्व राज्यमन्त्री गुरुङको पहल
- 0मनाङको सदरमुकाम चामेमा सुविधासम्पन्न अस्पताल
- 0लगातारको वर्षाका कारण अवरुद्ध सडक पुर्व राज्यमन्त्री गुरुङको निजी लगानीमा खुलाईयो
- 0मनाङका कांग्रेस उम्मेद्वार टेक बहादुर गुरुङ माथि एमालेका प्रतिद्वन्दी पोल्देन छोपाङ गुरुङको निर्देशनमा गाउँपालिकाका उपाध्यक्ष नेतृत्वको समूहद्वारा आक्रमण