मनाङका कांग्रेस उम्मेद्वार टेक बहादुर गुरुङ माथि एमालेका प्रतिद्वन्दी पोल्देन छोपाङ गुरुङको निर्देशनमा गाउँपालिकाका उपाध्यक्ष नेतृत्वको समूहद्वारा आक्रमण
- by मनाङअनलाई संवाददाता
- 2022-11-12
- 3384 views

चामे, २६ कार्तिक । चुनाव प्रचार प्रसारका लागि नार्पाभूमि गाउँपालिकामा घरदैलोमा खटिएका प्रतिनिधि सभाका लागि नेपाली कांग्रेस मनाङका उम्मेद्वार टेकबहादुर गुरुङ माथि आक्रमण भएको छ । कार्तिक २५ गते शुक्रबार नार्पाभूमी गाउँपालिकाको नार गाउँमा घरदैलो कार्यक्रम सकेर नार गेस्ट हाउसमा बास वसिरहेका उम्मेद्वार गुरुङ माथि एमालेका प्रतिद्वन्दी पोल्देश छोपाङ गुरुङको निर्देशनमा शुक्रबार मध्यरातमा होटल कम्पाउण्ड भित्रै पसि ढुंगा मुढा लाठि चिर्पट वर्साउँदै आक्रमण भएको नेपाली कांग्रेस मनाङका सचिव सुरेन्द्र गुरुङले बताएका छन् ।
आक्रमणमा नार्पाभूमि गाउँपालिका उपाध्यक्ष मेङमार फुन्चो लामा सहित १८–२० जना ढुंगा र लठ्ठी लिएर आएका व्यक्तिहरुले होटल कम्पाउण्ड भित्र प्रवेश गरी नेपाली कांग्रेसका उम्मेद्वार टेक बहादुुर गुरुङ बसेको कोठालाई लक्षित गरी ढुंगा, मुढा वर्साएको र वडा नं– १ का वडा अध्यक्ष समेत रहेका होटल सञ्चालक फुर्पा ठेले लामा सम्झाउन जाँदा निजलाई ढुङगा लाठि चिर्पट समेतले हानि सख्त घाइते बनाएका छन् । उनको टाउकोमा २२ टाँका लगाइएको र थप उपचारको लागि हेलिकप्टर मार्फत काठमाडौं लाने तयारी भईरहेको खबर प्राप्त भएको छ । उनीसहित ३ जना घाइते भएका र उनीहरुको स्थानिय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
मनाङमा नेकपा एमालेबाट पोल्देन छोपाङ गुरुङ र नेकाका टेक बहादुर गुरुङ वीच प्रतिनिधि सभा सदस्यमा प्रतिस्पर्धा हुँदै छ । अघिल्लो निर्वाचनमामा एमालेले जितेको उक्त क्षेत्रमा यस पटक मतदानको पूर्व सन्ध्यामा एमालेका उम्मेदवार पोल्देन छोपाङ गुरुङको निर्देशनमा छापामार सैलीमा कांग्रेस उम्मेद्वार माथि मध्यरातमा भएको आक्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । नेपाली कांग्रेस मनाङका सचिव सुरेन्द्र गुरुङले बताए अनुसार आक्रमणको नेतृत्व गरेका मेङमर फुन्चो लामा एमालेबाट नार्पाभूमी गाउँपालिकाका उपाध्यक्ष निर्वाचित भएका थिए ।
उम्मेद्वार माथि भएको आक्रमणमा संलग्न दोषी उपर कारवाही गर्न स्थानिय प्रशासन र निर्वाचन आयोग समक्ष २६ गते शनिबार नै जाहेरी दिने तयारी भइरहेकोको गुरुङका कानुनी सल्लाहकार लक्ष्मण खनियाले जनाएका छन् । हामी आक्रमणको प्रतिकार होइन कानूनी उपचार खोज्छौं खनियाले भने । यसै वीच आक्रमणमा संलग्न एमालेबाट निर्बिरोध निर्वाचित मेङमर फुन्चो लामा समेतलाई निर्वाचन आचार संहिता २०७९ बमोजिम कारवाही गर्ने तयारी गरेको श्रोतको दावी छ ।
सम्बन्धित समाचार
- आयोगद्वारा वैशख १० मा हुने उपनिर्वाचनका लागि दल दर्ता आह्वान
- प्रधानमन्त्री प्रचण्डले लिए विश्वासको मत
- राष्ट्रपतिद्वारा उपराष्ट्रपतिलाई दिलाईयो शपथ
- स्ववियु चुनावमा कतै मत परिणाम आँउदा कतै अवरोध
- विश्वकप छनोटमा नेपाललाई ऐतिहासिक सफलता
- तेस्रो कार्यकालका लागि राष्ट्रपति चुनिए सी चिनफिङ
- राष्ट्रपति निर्वाचनको मतगणना सुरु
- म शितल निवासबाट बाहिर निस्कँदा सर्व साधारणलाई सस्ती खेप्न दिने छैन : रामचन्द्र पौडेल
- प्रधानमन्त्री दाहालविरुद्धको रिट न्यायधीश श्रेष्ठको इजलासमा
- राष्ट्रपति निर्वाचन : पहिलो मत खसाले रामचन्द्र पौडेलले
- मनाङ मस्र्याङ््दी क्लबसँग हिमालयन शेर्पाको बराबर गोल
- नयाँ योजनासहित लोक सेवा आयोगको तेस्रो राष्ट्रिय सम्मेलन धनगढीमा
- 0मनाङको उच्च भागमा फेला पर्याे अर्को ताल
- 0नेपाली कांग्रेस मनाङका सक्रीय सदस्य पेमा छिरिङ्गको अन्त्येष्टी गरियो
- 0संघीय सांसद पोल्देन छोपाङको दादागिरी शैली
- 0पूर्वश्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ र सांसद कर्म घले राहत सहति मनाङमा
- 0हिमालको काखमा बोलको मनाङको गीतले चर्चा बटुल्दै
- 0नेपाली काँग्रेस मनाङले प्रदेश सभा निर्वाचन क्षेत्र नंम्बर क र ख मा क्षेत्रीय प्रतिनिधि गठन गर्यो
- 0पूर्व राज्यमन्त्री गुरुङ संविधानसभा पदकबाट विभूषित हुने
- 0मनाङका पूर्व जिल्ला विकास समिति सभापतिको निधन
- 0माथिल्लो मनाङमा बाटो खोल्न सांसद घले एवं पूर्व राज्यमन्त्री गुरुङको पहल
- 0मनाङको सदरमुकाम चामेमा सुविधासम्पन्न अस्पताल
- 0लगातारको वर्षाका कारण अवरुद्ध सडक पुर्व राज्यमन्त्री गुरुङको निजी लगानीमा खुलाईयो
- 0मनाङका कांग्रेस उम्मेद्वार टेक बहादुर गुरुङ माथि एमालेका प्रतिद्वन्दी पोल्देन छोपाङ गुरुङको निर्देशनमा गाउँपालिकाका उपाध्यक्ष नेतृत्वको समूहद्वारा आक्रमण