हेलिकप्टर मार्फत राहत ढुवानि गर्ने नेपाली सेनाको टोलीलाई मनाङ वासीले सम्मान सहित विदाई

हेलिकप्टर मार्फत राहत ढुवानि गर्ने नेपाली सेनाको टोलीलाई मनाङ वासीले सम्मान सहित विदाई

गत असार १ गते देखि आएको अविरल वर्षाका कारण आएको बाढी पहिरोबाट क्षतीग्रस्त मनाङ जिल्लामा हेलिकप्टर मार्फत राहत ढुवानि गर्ने नेपाली सेनाको टोलीलाई मनाङ वासीले सम्मान सहित विदाई गरेका छन् । उक्त टोलीले ३४ ट्रिप राहत सामाग्री बेशीशहर देखि मनाङ जिल्ला सम्म ढुवानी गरेको हो ।


    मनाङ जिल्लाको धेरै जसो भू-भाग बाढी पहिरोबाट क्षेदविक्षेद भएपछि पुर्व श्रम तथा रोजगार राज्य मन्त्री एवं नेपाली काँग्रेस मनाङका सभापति टेक बहादुर गुरुङ, संघिय संसद कर्म घले र प्रदेशसभा संसद चिन्ता बहादुर घलेको पहलमा गृहमन्त्रलयले नेपाली सेनाको टोली सहितको हेलिकप्टर उपलब्ध गराएको थियो । उक्त टोलीले पुर्व श्रम तथा रोजगार राज्य मन्त्री एवं नेपाली काँग्रेस मनाङका सभापति टेक बहादुर गुरुङ, संघिय संसद कर्म घले र प्रदेशसभा संसद चिन्ता बहादुर घलेको निजी लागानिमा वितरण गरेको ३८ लाख बराबरको राहत सामाग्री, मनाङ समाज सेवा समितिको राहत सामाग्री र भ्राका समाजको राहत सामाग्रीलाई वेशीशहर देखि मनाङ जिल्लामा आवस्यक परेको सबै ठाउँ सम्म ठुवानि गरेको हो ।


    मनाङ जिल्लामा परेको यस्तो विपद घडिमा नेपाली सेनाले गरेको यो कार्य निकै नै प्रशंसनिय रहको र यसप्रति सम्पूणर् मनाङ जिल्लावासी र पुर्व श्रम तथा रोजगार राज्य मन्त्री एवं नेपाली काँग्रेस मनाङका सभापति टेक बहादुर गुरुङ निकै खुशि रहेको उनले बताएका छन् ।

सम्बन्धित समाचार