प्र्रधानमन्त्री देउवाद्वारा स्वास्थ्यमन्त्री नियुक्ति गर्ने तयार

प्र्रधानमन्त्री  देउवाद्वारा स्वास्थ्यमन्त्री नियुक्ति गर्ने तयार

प्रधानमन्त्री शेरबहादुर देउवाले आजै स्वास्थ्यमन्त्री नियुक्ति गर्ने तयारी गर्नुभएको छ । मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदा प्रधानमन्त्री नै आलोचित हुन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मात्र भए पनि विभागीय जिम्मेवारी दिने सोचमा प्रधानमन्त्री पुगेका हुन् ।
प्रधानमन्त्री देउवाले स्वास्थ्य मन्त्रालयमा दाबी प्रस्तुत गरेको सत्तारूढ घटक जनता समाजवादी पार्टी (जसपा)लाई मन्त्रीको नाम दिन आग्रह गरिसकेका छन् । तर, जसपाले निर्वाचन आयोगबाट दलको आधिकारिकता सम्बन्धी टुंगो नलाग्दासम्म मन्त्री तोक्ने अवस्थामा नरहेको जनाएको छ । त्यसैले स्वास्थ्य मन्त्रालयको नेतृत्व कांग्रेसले नै गर्ने सम्भावना बढेको छ ।
जनता समाजवादी पार्टीमा उपेन्द्र यादव र महन्थ ठाकुरका छुट्टाछुट्टै समूह बनाएर फरक-फरक गठबन्धन रोजेपछि गएको असारदेखि नै जनता जसपा फरक-फरक पार्टीको अभ्यासमा छ । तर, दल विभाजन नभइसकेकाले उपेन्द्र यादव समूह दलको आधिकारिकता लिएर मात्र सरकारमा सहभागी हुने तयारीमा छ ।

सम्बन्धित समाचार