नेकां मनाङको सबै वडाहरुमा अधिवेशन सम्पन्न

नेकां मनाङको सबै वडाहरुमा अधिवेशन सम्पन्न

काठमाडौं, १८ भाद्र । शुक्रवारदेखि शुरु भएको सत्तारुढ पार्टी नेपाली कांग्रेसको १४औं महाधिवेशनको प्रक्रिया अन्तर्गत मनाङ जिल्ला कार्यसमितिले जिल्लाको सबै वडाहरुमा प्रतिनिधि चयन गरेको छ । नेपाली कांग्रेस मनाङले जिल्लाका ४ गाउँपालिकाका २८ वटै वडाहरुमा निर्विरोध वडा प्रतिनिधिहरु चयन गरेको हो ।


निर्वाचन सम्पन्न भएपछि नेपाली कांग्रेस जिल्ला कार्यसमिति मनाङका सभापति पूर्व श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले खुशी ब्यक्त गरेका छन् । उनले भनेका छन् ‘कोविड १९ को महामारी जारी रहेको बेला हिमाली जिल्ला मनाङमा नेपाली कांग्रेसको महाधिवेशनको कार्यतालिका बमोजिम नै पार्टीले तोकेको समयमा हामीले वडा अधिवेशन सम्पन्न गर्न सफल भएका छौं । यसबाट देशभर एउटा राम्रो सन्देश गएको छ ।’


गत असारमा र त्यसपछिको मनसून वर्षाका कारण मनाङ जिल्लाले भोग्नु परेको दुःख र पीडाको असर कायमै रहेको बेलामा पार्टीले निर्धारण गरेको महाधिवेशनको कार्यतालिका अनुसार शुक्रवार नै वडा अधिवेशन सम्पन्न भएकोमा जिल्ला कार्यसमतिका अन्य पदाधिकारीले पनि खुशी ब्यक्त गरेको पार्टीका जिल्ला सचिव सुरेन्द्र गुरुङले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार