नेपाली काँग्रेस मनाङको जिल्ला अधिवेशन सम्पन्न

नेपाली काँग्रेस मनाङको जिल्ला अधिवेशन सम्पन्न

नेपाली काँग्रेसको २०७८ मंसिर ९ देखि १३ गते सम्पन्न हुन गईरहेको चौधौं महाधिवेशनको कार्यतालिका अनुसार मनाङ जिल्ला कार्यसमितिले असोज १६ गते शनिवार प्रदेश तथा जिल्ला अधिवेशन सम्पन्न गरेको छ । नेपाली काँग्रेसले प्रकाशन गरेको हिमाली जिल्लाको अधिवेशनको कार्यतालीका अनुसार नेपाली काँग्रेसले जिल्ला अधिवेशन सम्पन्न गरेको हो ।


    नेपाली काँग्रेसको नव गठित कार्यसमितिमा शंकर गुरुङ सभापति पदमा निर्विरोध निर्वाचित भएका छन् । साथै नेपाली काँग्रेस मनाङले कार्यभार पुवापुस्तामा हस्तान्तरण गरेको सचिव सुरेन्द्र गुरुङले जनाकारी दिएका छन् ।


    नेपाली काँग्रेस मनाङको कार्यसमितिमा सभापति पदमा शंकार गुरुङ, उप सभापति पदमा यज्ञ प्रसाद घले र चन्द्र घले, सचिव पदमा सुरेन्द्र गुरुङ र महेन्द्र घले त्यस्तै सह सचिव पदमा काशीराम गुरुङ र सगर गुरुङ निर्विरोध निर्वाचित भएका हुन् ।



सम्बन्धित समाचार