पूर्वश्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ र सांसद कर्म घले राहत सहति मनाङमा
- by
- 2021-06-17
- 4211 views

पूर्वश्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ र सांसद कर्म घले राहत सहीत मनाङमा
नेपाली काँग्रेसका सभापति एवं पूर्व श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ र सांसद कर्म घले निजी खर्चमा राहत सामाग्री सहित फिस्टेल हेलकप्टरबाट मनाङ जानु भएको छ ।
पाल, खाद्यन्न सामाग्री, पिउने पानी र औषधी सहित काठमाडौबाट सोझै नासोङ १ ताल जानु भएको छ । सभापति एवं पूर्वराज्यमन्त्री गुरुङ तालमा अवतरण गरेपछि हेलिकप्टर लमजुङको बेसीशहर जानेछ । बेसीशहरबाट खाद्यसामाग्री लिएर पुनः तालमै अवतरण गर्नेछ । तालमा दुईपट अवतरण गरेपछि पूर्व राज्यमन्त्री र सभासांसदलाई लिएर हेलिकप्टर ओडार अवतरण गर्ने छ । त्यसपछि पुनः बेसीशहर आई धारापानीका लागि खाद्यसामाग्री लिएर उडान भर्नेछ । बाढीपहिरोबाट पीढित धारापानी क्षेत्रका जनता ओडार क्षेत्रमा बस्दै आएकाले सभापति एवं पूर्वमन्त्री गुरुङ र सांसद धले खाद्यसामाग्री वितरण गरी धारापानी क्षेत्रको स्थलगत अवलोकन गर्नुहुने छ । ओडारमा खाद्य सामाग्री पुर्याएर हेलिकप्टर पुनः बेसीशहर आई खाद्यसामाग्री लिइ ओडार जाने र पूर्वमन्त्री र सांसदलाई लिएर हेलिकप्टरले मनाङका लागि उडान भर्नेछ । मनाङमा सभापति गुरुङ र सांसद घलेले प्रमुख जिल्ला अधिकारी विष्णु लामिछाने, जिल्ला समन्वय समिति अध्यक्ष यज्ञ तले, र पीढिहरुसंग भेटवार्ता गर्नु हुने छ ।
मनाङमा सोमबारबाट परेको अबिरल बर्षसंगै मनाङको मस्र्याङदी नदी र स्थानीय खोलाहरुमा आएको बाढीका कारण मनाङ सदरमुकाम चामेका छ घर बाढीले क्षती पुर्याएको छ । बाढीपिढीहरुलाई तत्कालका लागि जिल्ला कारागारको नयाँ भवनमा राखीएको छन् भर्ने नेपाली सेना र स्थानीय संघ-संस्थाले खानाको व्यवस्था गरेको छ ।
त्यसैगरी, नासोङ गाउककपालिका-१ तालमा बाढी पस्दा ३८ वटा घरहरु ढुबानमा परेको छ । अन्य घरहरुपनि बाढीको उच्च खतरामा रहेको नासोङका अध्यक्ष चन्द्र घलेले जानकारीदिनुभयो । उता, दुघखोला र मस्र्याङदी नदीको बाढीले पुरानो धारापानीका सम्पूणर्घरहरुमा क्षती पुर्याएको छ । त्यसैगरी, नासोङ गाउँपालिकाको कार्यालय, प्रहरी कार्यालय, बैंक लगाएत सर्वसाधरणका घरहरु पनि बगाएको छ । सडक, पूलहरु बगाएकाले आवत जात समेत गर्ने अवस्ता नभएको गाउँपालिका अध्यक्ष घलेले जानकारीदिनुभयो ।
मनाङका अधिकांश स्थानको विद्युत आपूती, सञ्चार सेवा अवरुद्ध छ भने मानिसहरु एक गाउँपालिकाबाट अर्को गाउँपालिका सम्म हिडडुल समेत गर्न नसक्ने भएकाले क्षीतको विवरण अझै आउन सकेको छैन ।
सम्बन्धित समाचार
- मनाङका कांग्रेस उम्मेद्वार टेक बहादुर गुरुङ माथि एमालेका प्रतिद्वन्दी पोल्देन छोपाङ गुरुङको निर्देशनमा गाउँपालिकाका उपाध्यक्ष नेतृत्वको समूहद्वारा आक्रमण
- मनाङमा गठबन्धन दलहरुबाट उम्मेदवारी मनोनयन दर्ता गराईयो, स्वतन्त्र उम्मेदवार राजीव गुरुङलाई गठनबन्धनको समर्थन
- डेंगु सङ्क्रमणबाट ३८ जनाको मृत्यु, २८ हजार बढीमा डेंगु पुष्टि
- दशैँको लहर संगै मनाङ भित्रिन थाले पर्यटक
- आजदेखि निर्वाचन आचारसंहिता लागू
- पूर्व राज्य मन्त्री गुरुङद्वारा सोनाम ल्होसारको शुभकामना ब्यक्त
- बुस्टर डोज काठमाडौंका यी १७ ठाउँमा लगाउन पाइन्छ
- पूर्व राज्य मन्त्री गुरुङद्वारा ल्होसार शुभकामना ब्यक्त
- मनाङका उच्च वस्तिहरुमा ब्यापक हिमपात
- नयाँ दिल्लीमा आजबाट रात्रिकालीन कर्फ्यु
- कांग्रेस केन्द्रीय सदस्य पदमा पूर्व श्रम तथा रोजगार राज्यमन्त्री गुरुङ विजयी
- पूर्व राज्यमन्त्री गुरुङद्वारा मनाङको विद्यालयलाई ६ लाख सहयोगको घोषणा
- 0मनाङको उच्च भागमा फेला पर्याे अर्को ताल
- 0नेपाली कांग्रेस मनाङका सक्रीय सदस्य पेमा छिरिङ्गको अन्त्येष्टी गरियो
- 0संघीय सांसद पोल्देन छोपाङको दादागिरी शैली
- 0पूर्वश्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ र सांसद कर्म घले राहत सहति मनाङमा
- 0हिमालको काखमा बोलको मनाङको गीतले चर्चा बटुल्दै
- 0नेपाली काँग्रेस मनाङले प्रदेश सभा निर्वाचन क्षेत्र नंम्बर क र ख मा क्षेत्रीय प्रतिनिधि गठन गर्यो
- 0पूर्व राज्यमन्त्री गुरुङ संविधानसभा पदकबाट विभूषित हुने
- 0मनाङका पूर्व जिल्ला विकास समिति सभापतिको निधन
- 0माथिल्लो मनाङमा बाटो खोल्न सांसद घले एवं पूर्व राज्यमन्त्री गुरुङको पहल
- 0मनाङको सदरमुकाम चामेमा सुविधासम्पन्न अस्पताल
- 0लगातारको वर्षाका कारण अवरुद्ध सडक पुर्व राज्यमन्त्री गुरुङको निजी लगानीमा खुलाईयो
- 0मनाङका कांग्रेस उम्मेद्वार टेक बहादुर गुरुङ माथि एमालेका प्रतिद्वन्दी पोल्देन छोपाङ गुरुङको निर्देशनमा गाउँपालिकाका उपाध्यक्ष नेतृत्वको समूहद्वारा आक्रमण