मनाङमा बाहिरि जिल्लाबाट मनाङ आएर कामगर्ने र मनाङ गाउँकै विपन्न परिवारहरुलाई राहत वितरण

मनाङमा बाहिरि जिल्लाबाट मनाङ आएर कामगर्ने र मनाङ गाउँकै विपन्न परिवारहरुलाई राहत वितरण

मनाङ जिल्लाको मनाङ गाउँमा धेरै वर्ष अघिदेखि विभिन्न जिल्लाबाट आई काम गर्दै अएका ४० घरधुरि र मनाङ गाउँकै बिपन्न परिवारका ७ घरधुरिलाई राहत वितरण गरिएको छ । मनाङमा अएको बाढि पहिरोबाट प्रभावित भएका बाहिरि जिल्ला बाट मनाङमा अएर काम गर्दे अएकाहरुलाई राहत वितरण गरिएको हो ।



    गत असार १ गते देखि अविरल वर्षाका कारणले अएको बाढी पहिरोका कारण बेशीशहर-चामे-मनाङ सडकखण्ड क्षेदविक्षेद भएका कारण खाद्य सामाग्री पुर्‍याउन असहज भई खाद्यान्न संकटको चपेटामा परेका मनाङ गाउँ स्थानीय बासी संग त केहि समयका लागी पुग्ने धेरै थोरै खाद्यान्न छ तर बाहिरि जिल्लाबाट हिमाली जिल्ला मनाङमा अई काम गर्दै अएकाहरु संग भने संञ्चीत गरेर राखेको खाद्यान्न सकिएपछि सुरुमा त स्थानियहरुले आफुले सञ्चीत गरेको खाद्यान्नबाट खाना खुवाए तर पछि आफैलाई खाद्य संकट हुने देखे पछि बेनि बाट मुक्तीनाथ हुदै ५४१६ मिटर उचाईमा रहेको थोरङला पास गरेर पैदल मार्ग बाट मनाङ बाहिरबाट मनाङमा आएर काम गर्दै आएका ४० घर धुरि र मनाङ गाउँकै ७ घर धुरीलाई  १२.५ किलो चामल, ८ किलो दाल, ३ किलो नुन, १.५ लिटर तेलका दरले राहत वितरण गरिएको हो ।


    कर्म हिसि गुरुङ, जाङबो शेर्पा (सोनम गीर्मि फेमिलि फाउन्डेशन), निमा (निलगीरि होटल, मनाङ), विनोद गुरुङ (होटल यति)को सहयोगमा होटल यति मनाङको प्रङ्गणमा वितरण गरिएको हो । मोटर बाटो सम्भव नदेखे पछि बेनि बाट मुक्तीनाथ हुदै ५४१६ मिटर उचाईमा रहेको थोरङला पास गरेर खाद्यान्न ल्याई मनाङमा काम गर्दै आएका र विपन्न घर धुरिहरुलाई बाढि पहिरोको चपेटाबाट राहत दिलाउन बैकल्पीक पैदल मार्गको प्रयोग गरेर राहत वितरण गरिएको स्थानीय समाजसेवी एवं पर्यटन व्यवसायी विनोद गुरुङले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार