मनाङ मस्र्याङ््दी क्लबसँग हिमालयन शेर्पाको बराबर गोल

मनाङ मस्र्याङ््दी क्लबसँग हिमालयन शेर्पाको बराबर गोल

काठमाडौं, २० फागुन / शहीद स्मारक ए डिभिजन लिगको खेलमा मनाङ मस्र्याङ्दी क्लबको हिमालयन शेर्पासँग बराबर भएको छ । शनिवार साँझ दशरथ रंगशालमा भएको खेलमा मनाङ मस्र्याङ्दी र हिमालयन शेर्पाले १–१ गोल गरेका हुन् ।

मनाङ मस्र्याङ्दी क्लबका तर्फबाट खेलेका रोशन राना मगरले खेलको १४औं मिनेटमा पहिलो गोल गरेका थिए । तर खेलको अन्तिम पाँच मिनेटमा हिमालयन शेर्पाका लागि सुरेश कुमालले ८५औं मिनेटमा बराबरी गोल गरेर मनाङ मस्र्याङ््दी क्लबको अग्रतालाई खुम्च्याईदिए ।

यसअघि शनिनबार भएको अन्य खेलमा एपीएफले थ्रीस्टारलाई २–० र चर्च ब्वाइजले नेपाल पुलिस क्लबलाई २–१ ले पराजित गरेका थिए । एनआरटी र सातदोबाटो युथ क्लबबीच च्यासल मैदानमा साढे २ बजे खेल सुरु हुनेछ । त्रिभुवन आर्मी एफसी र सङ्कटा क्लबबीच दशरथ रङ्गशालमा साढे २ बजे नै खेल सुरु आयोजक पक्षले जनाएको छ । प्राप्त जानकारी अनुसार साविक विजेता मछिन्द्र एफसीले जावलाखेल युथ क्लबसँग दशरथ रङ्गशालामा साढे ५ बजे खेल्नेछन् ।


सम्बन्धित समाचार