नेपालको डिजिटल अभिलेख सुरक्षा प्रणालीप्रति आरजु राणाको चिन्ता
- by मनाङअनलाईन सम्वाददाता
- 2023-02-28
- 16 views

काठमाडौं, १६ फागुन/ नेपालको डिजिटल अभिलेख सुरक्षा प्रणाली सुरक्षित नभएको भन्ने खबरहरुप्रति नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाले चिन्ता ब्यक्त गरेकी छिन् । नेपाल विद्यार्थी संघले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो चिन्ता ब्यक्त गरेकी हुन् ।
नेपाल विद्यार्थी संघले सञ्चालन गरेको अल नेपाल ह्याकथन कार्यक्रममा सहभागी भएकी नेतृ राणाले शुभकामना मन्तव्य दिने क्रममा नेपाली सेनाको डिजिटल अभिलेखहरुमा समेत छिद्र रहेको र डेटाहरु असुरक्षित हुने गरेको जानकारी आफूले पाएको बताइन् ।
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य आरजू राणा देउवाले नेपाल विद्यार्थी संघ केन्द्रिय समितिको आयोजना र नेविसंघ, पुल्चोक क्याम्पस इकाईको सहआयोजनामा सञ्चालित अल नेपाल ह्याकथोन कार्यक्रमको उद्घाटन गर्द कार्यक्रमकी प्रमूख अतिथिका रुपमा सम्बोधन गर्दै अगाडि भनेकी छिन्् ‘नेपाल विद्यार्थी संघले शैक्षिक, राजनीतिक विषय मात्र नभई विज्ञान प्रविधिको विषयलाई पनि प्राथमिकतामा राख्दै यस्तो कार्यक्रम गर्नु एउटा उपलब्धि हो, ड्राइभिङ लाइसेन्स, मालपोत, पासपोर्ट विभागमा हुने घन्टौं लामो लाइन अनि पटक पटक हुने सर्भर डाउन, विश्वविद्यालयको परीक्षा दिएको बर्षौं दिनसम्म रिजल्टको अनिश्चितता, इ–बैंकिङ्ग र शेयर कारोवार गर्दा देखिने सिस्टम सर्भर त्रुटि, काठमाडौंको सडम जाम र फोहोर व्यवस्थापन जस्ता विद्यमान समस्याहरूलाई हाम्रै देशका प्राविधिक विद्यार्थीबाट समाधान गर्ने हेतुले नेपाल विद्यार्थी संघ केन्द्रिय समितिको आयोजना र नेविसंघ, पुल्चोक क्याम्पस इकाईको सहआयोजनामा सो कार्यक्रमको आयोजना गरिएकोमा यस कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दछु ।’
सम्बन्धित समाचार
- आयोगद्वारा वैशख १० मा हुने उपनिर्वाचनका लागि दल दर्ता आह्वान
- प्रधानमन्त्री प्रचण्डले लिए विश्वासको मत
- राष्ट्रपतिद्वारा उपराष्ट्रपतिलाई दिलाईयो शपथ
- स्ववियु चुनावमा कतै मत परिणाम आँउदा कतै अवरोध
- विश्वकप छनोटमा नेपाललाई ऐतिहासिक सफलता
- तेस्रो कार्यकालका लागि राष्ट्रपति चुनिए सी चिनफिङ
- राष्ट्रपति निर्वाचनको मतगणना सुरु
- म शितल निवासबाट बाहिर निस्कँदा सर्व साधारणलाई सस्ती खेप्न दिने छैन : रामचन्द्र पौडेल
- प्रधानमन्त्री दाहालविरुद्धको रिट न्यायधीश श्रेष्ठको इजलासमा
- राष्ट्रपति निर्वाचन : पहिलो मत खसाले रामचन्द्र पौडेलले
- मनाङ मस्र्याङ््दी क्लबसँग हिमालयन शेर्पाको बराबर गोल
- नयाँ योजनासहित लोक सेवा आयोगको तेस्रो राष्ट्रिय सम्मेलन धनगढीमा
- 0मनाङको उच्च भागमा फेला पर्याे अर्को ताल
- 0नेपाली कांग्रेस मनाङका सक्रीय सदस्य पेमा छिरिङ्गको अन्त्येष्टी गरियो
- 0संघीय सांसद पोल्देन छोपाङको दादागिरी शैली
- 0पूर्वश्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ र सांसद कर्म घले राहत सहति मनाङमा
- 0हिमालको काखमा बोलको मनाङको गीतले चर्चा बटुल्दै
- 0नेपाली काँग्रेस मनाङले प्रदेश सभा निर्वाचन क्षेत्र नंम्बर क र ख मा क्षेत्रीय प्रतिनिधि गठन गर्यो
- 0पूर्व राज्यमन्त्री गुरुङ संविधानसभा पदकबाट विभूषित हुने
- 0मनाङका पूर्व जिल्ला विकास समिति सभापतिको निधन
- 0माथिल्लो मनाङमा बाटो खोल्न सांसद घले एवं पूर्व राज्यमन्त्री गुरुङको पहल
- 0मनाङको सदरमुकाम चामेमा सुविधासम्पन्न अस्पताल
- 0लगातारको वर्षाका कारण अवरुद्ध सडक पुर्व राज्यमन्त्री गुरुङको निजी लगानीमा खुलाईयो
- 0मनाङका कांग्रेस उम्मेद्वार टेक बहादुर गुरुङ माथि एमालेका प्रतिद्वन्दी पोल्देन छोपाङ गुरुङको निर्देशनमा गाउँपालिकाका उपाध्यक्ष नेतृत्वको समूहद्वारा आक्रमण