
३ माघ, काठमाडौं । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले जिल्लाका १७ वटा ठाउँबाट अग्रपंक्तिमा खटिएका व्यक्तिलाई कोभिडविरुद्धको थप एक अतिरिक्त मात्रा खोप (बुस्टर डोज) दिने भएको छ ।
तत्कालका लागि अग्रपंक्तिमा (फन्टलाइनर) काम गर्नेहरुलाई बुस्टर मात्रा दिइनेछ । अहिले खोप सञ्चालन भइरहेका काठमाडौंका १७ खोप केन्द्रबाट बुस्टर डोज लगाउन सकिने स्वास्थ्य कार्यालयका प्रमुख शम्भु काफ्ले जानकारी दिए ।
८ वटा सरकारी अस्पताल र नाकासहित ९ वटा निजी अस्पतालबाट खोप दिन शुरु गरिएको काफ्लेले जानकरी दिए । उनका अनुसार नेपाली सेनाको अस्पताल (छाउनी), नेपाल प्रहरी अस्पताल (महाराजगञ्ज) , सशस्त्र प्रहरी अस्पताल ढबलम्बु), त्रिवि शिक्षण अस्पताल (महाराजगञ्ज), वीर अस्पताल महावौद्य, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली, शहीद शुक्रबार अस्पताल टेकु, निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वरबाट बुस्टर डोज दिइने छ ।
त्यसैगरी, सुभेक्षा अस्पताल सितापाइला, जनमैत्री अस्पताल बालाजु, पिपुल्स डेन्टल कलेज सामाखुशी, नर्भिक अस्पताल थापाथली, नोभेल अस्पताल सिनामंगल, बयोधा अस्पताल बल्खु , शहीद मेमोरियल अस्पताल कलंकी, नयाँ बसपार्क, एपेक्स पोलिक्लिनिक जडिबुटीबाट पनि बुस्टर खोप लिन सकिन्छ ।
स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, सरसफाइकर्मीहरू, शव व्यवस्थापनमा खटनेहरु, एम्बुलेन्स चालक तथा शववहान चालक फ्रन्टलाइनरमा पर्दछन् । यही चरणमा स्थानीय पालिकाका जनप्रतिनिधिहरू, स्थानीय पालिकाका कर्मचारीहरू, सशस्त्रको बिओपीमा खटिएका, जनपथ प्रहरी, शव व्यवस्थापनमा खटिनेहरु पर्दछन् ।
यस्तै बैंकको क्यास काउन्टरमा खटिने कर्मचारी, सरकारी सेवामा अग्रपंक्तिमा खटिने कर्मचारीहरू पनि यस भित्रपर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
बुस्टर मात्रा लगाउन दुवै मात्रा खोप लगाएको कम्तीमा ६ महिना पूरा हुनुपर्नेछ । यस्तै, यसअघिको खोप कार्ड पनि अनिवार्य लैजानु पर्नेछ । आउँदो १४ गतेदेखि ६० वर्षभन्दा माथिका व्यक्तिलाई बुस्टर मात्रा दिइनेछ ।
सम्बन्धित समाचार
- आयोगद्वारा वैशख १० मा हुने उपनिर्वाचनका लागि दल दर्ता आह्वान
- प्रधानमन्त्री प्रचण्डले लिए विश्वासको मत
- राष्ट्रपतिद्वारा उपराष्ट्रपतिलाई दिलाईयो शपथ
- स्ववियु चुनावमा कतै मत परिणाम आँउदा कतै अवरोध
- विश्वकप छनोटमा नेपाललाई ऐतिहासिक सफलता
- तेस्रो कार्यकालका लागि राष्ट्रपति चुनिए सी चिनफिङ
- राष्ट्रपति निर्वाचनको मतगणना सुरु
- म शितल निवासबाट बाहिर निस्कँदा सर्व साधारणलाई सस्ती खेप्न दिने छैन : रामचन्द्र पौडेल
- प्रधानमन्त्री दाहालविरुद्धको रिट न्यायधीश श्रेष्ठको इजलासमा
- राष्ट्रपति निर्वाचन : पहिलो मत खसाले रामचन्द्र पौडेलले
- मनाङ मस्र्याङ््दी क्लबसँग हिमालयन शेर्पाको बराबर गोल
- नयाँ योजनासहित लोक सेवा आयोगको तेस्रो राष्ट्रिय सम्मेलन धनगढीमा
- 0मनाङको उच्च भागमा फेला पर्याे अर्को ताल
- 0नेपाली कांग्रेस मनाङका सक्रीय सदस्य पेमा छिरिङ्गको अन्त्येष्टी गरियो
- 0संघीय सांसद पोल्देन छोपाङको दादागिरी शैली
- 0पूर्वश्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ र सांसद कर्म घले राहत सहति मनाङमा
- 0हिमालको काखमा बोलको मनाङको गीतले चर्चा बटुल्दै
- 0नेपाली काँग्रेस मनाङले प्रदेश सभा निर्वाचन क्षेत्र नंम्बर क र ख मा क्षेत्रीय प्रतिनिधि गठन गर्यो
- 0पूर्व राज्यमन्त्री गुरुङ संविधानसभा पदकबाट विभूषित हुने
- 0मनाङका पूर्व जिल्ला विकास समिति सभापतिको निधन
- 0माथिल्लो मनाङमा बाटो खोल्न सांसद घले एवं पूर्व राज्यमन्त्री गुरुङको पहल
- 0मनाङको सदरमुकाम चामेमा सुविधासम्पन्न अस्पताल
- 0लगातारको वर्षाका कारण अवरुद्ध सडक पुर्व राज्यमन्त्री गुरुङको निजी लगानीमा खुलाईयो
- 0मनाङका कांग्रेस उम्मेद्वार टेक बहादुर गुरुङ माथि एमालेका प्रतिद्वन्दी पोल्देन छोपाङ गुरुङको निर्देशनमा गाउँपालिकाका उपाध्यक्ष नेतृत्वको समूहद्वारा आक्रमण