राष्ट्रपतिद्वारा उपराष्ट्रपतिलाई दिलाईयो शपथ

राष्ट्रपतिद्वारा उपराष्ट्रपतिलाई दिलाईयो शपथ काठमाडौं, ६ चैत / नव निर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति यादवलाई पद तथा गोपनीयताको सपथ दिलाएका हुन् । शितलनिवासमा सोमबार विहान १० बजे एक विशेष समारोहको आयोजना गरी उपराष्ट्रपति रामसहायप्रसाद यादवले आफ्नो पद तथा गोपनीयताका सपथ लिएको शितलनिवास श्रोतले जनाएको छ । यही चैत ३ गते सम्पन्न उपराष्ट्रपतिको निर्वाचनमा निर्वाचित यादव जनता समाजवादी पार्टी (जसपा)बाट उम्मेदवार बनेका हुन् । यहि चैत ४ गते निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन पासाङको कार्यकाल सकिएपछि गरिएको उपराष्ट्रपतिको निर्वाचनबाट निर्वाचित यादवको कार्यकाल ५ वर्षको हुने छ । उनले आफ्नो कार्यकालमा लोकतन्त्र बलियो आफ्नो भूमिका रहने बताएका छन् ।

सम्बन्धित समाचार