राष्ट्रिय परीक्षा र्बोडले आजदेखि एसईईको मूल्यांकन रुजु गर्ने

राष्ट्रिय परीक्षा र्बोडले आजदेखि एसईईको मूल्यांकन रुजु गर्ने


राष्ट्रिय परीक्षा बोर्डले (आज) सोमबारदेखि एसईईको मूल्यांकन रुजु गर्ने जनाएको छ । आइतबारसम्म पर्सा र रौतहटबाहेक सबै जिल्लाको मूल्यांकन नतिजा परीक्षा नियन्त्रण कार्यालयमा प्राप्त भएको बोर्डले जनाएको छ ।
बाँकी दुई जिल्लाको मूल्यांकन पनि आइतबार अबेरसम्ममा आइसकेकाले आज सोमबारदेखि प्राप्त मूल्यांकन रुजु एवं तालिकीकरणको काम शुरु हुने एसईई परीक्षा नियन्त्रक रुद्रप्रसाद अधिकारीले जानकारी दिए ।
परीक्षा बोर्डले विद्यार्थीको मूल्यांकन नतिजाको हार्डकपी र सफ्टकपी असारभित्र परीक्षा नियन्त्रण कार्यलयमा पठाइसक्न शिक्षा विकास समन्वय इकाईलाई निर्देशन दिएको भए पनि प्राकृतिक विपत्ति लगायतका कारणले तोकिएको समयमा आइपुगेको थिएन ।
भौतिक रुपमा एसईई परीक्षा हुन नसक्ने भएपछि बोर्डले ‘कक्षा १० को विद्यार्थी मूल्यांकन कार्यविधि, २०७८’ ल्याउँदै आन्तरिक मूल्यांकन गर्ने निणर्य गरेको थियो ।

सम्बन्धित समाचार