नेपाली ध्वजावाहक जहाज चीन जांदै

नेपाली ध्वजावाहक जहाज चीन जांदै


कोभिड-१९ बिरुद्धको थप खोप लिन बुधवार नेपाल वायुसेवा निगमको जहाज चीन जांदैछ । नेपाली राष्ट्रिय ध्वजावहाक जहाजले दोस्रो चरणमा पनि ८ लाख डोज नै खोप ल्याउन चिन जाने तयारी गरेको हो ।
चीनबाट आएका खोपहरू अहिले अभियान सञ्चालन हुन नसकेका प्रदेशहरू प्रदेश एक, सुदूरपश्चिम प्रदेश र कणर्ालीमा पठाइन तयारी सरकारले गरेको छ । यसअघि खोप अभियान सञ्चालन हुन नसकेको प्रदेशमा पठाउने र अर्को चरणमा आएको खोप पुनः प्राथमिकताको आधारमा खोप अभियान सञ्चालन भएका प्रदेशहरुमा पठाइने बताइएको छ  ।
यसै साता थप ८ लाख डोज लिन जहाज चीन जाने र दुईपटक गरी थप १६ लाख खोप नेपाल आइपुग्ने आपूर्ति महाशाखाका प्रशासन प्रमुख उपेन्द्र ढुंगानाले जानकारीदिनए ।
आपूर्ति महाशाखाका अनुसार आगामी अगस्तको पहिलो साता अर्थात् दुई साताभित्र जापानले कोभ्याक्स सुविधा अन्तर्गत दिने १६ लाख अष्ट्राजेनिकाको खोप पनि नेपाल आइपुग्ने सम्भावना छ । चीनले बाँकी रहेको खोप चरणबद्ध रुपमा दिने महाशाखाले जनाएको छ।

सम्बन्धित समाचार