
काठमाडौं, २९ चैत/ अर्थतन्त्र नकारात्मक दिशामा गएको सर्वत्र चर्चा चलिरहदा राष्ट्रबैंकले बाहिर हल्ला भएजस्तो नकारात्मक नभए पनि सुधार गर्नु पर्ने अवस्थामा रहेको स्वीकार गरेको छ । राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गरी यस्तो जानकारी सार्वजनिक गरेको हो ।
नेपाल राष्ट्र बैंकले आर्थिक तथा वित्तीय स्थितिको प्रतिवेदनमा देशको अर्थ तन्त्र सुधार गर्नु परिस्थितिमा रहेको उल्लेख गरेको छ । यसका साथै अर्थतन्त्र सुधारोन्मूख रहेको दावी पनि उक्त प्रतिवेदनमा समावेश गरिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको उक्त आर्थिक वित्तीय स्थितिको प्रतिवेदन मासिक प्रतिवेदने पनि हो ।
नेपाल राष्ट्र बैंकको आफ्नै सभाकक्षमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आफै उपस्थिति भएर प्रतिवेदन सार्वजनिक गर्दे अर्थतन्त्र सुधारोन्मुख रहेको र नेपालको बैंकिङ क्षेत्र सुरक्षित रहेको सन्देश समेत सार्वजनिक गरेका थिए । सम्मेलनमा उनले भने ‘‘नेपालको बैंकिङ क्षेत्र केही सुधारोन्मूख रहेको चर्चा चलेपनि समग्रमा
बैंकहरूको अवस्था सुरक्षित छ, स्वस्थ छ, बाहिर हल्ला चले जस्तो जोखिम आउने अवस्था छैन ।’
अर्को एउटा तथ्याङ्क प्रस्तुत गर्दै गभर्नर अधिकारीले बैंंक तथा वित्तीय संस्थाहरुको पूँजीकोष ११ प्रतिशत हुनुपर्नेमा १३ प्रतिशतभन्दा माथि रहेको र बैंकहरुसँग २४ प्रतिशत भन्दामाथि तरल सम्पत्ति रहेको बताए । कोभिडपछिको सम्भावित जोखिमअनुसार थप प्रोभिजन गर्नुपर्ने व्यवस्था, नियमन तथा सुपरीवेक्षणमा कडाइले गर्दा निष्क्रिय कर्जा केही बढेपनि जोखिमको अवस्था नरहेको गभर्नर अधिकारीले जानकारी दिए । बैंकहरुको निष्कृय कर्जा अनुपात औसतमा २.४९ प्रतिशत पुगेको र ५ प्रतिशत नाघेपछि राष्ट्र बैंकले त्यसलाई जोखिम मान्ने गरेको छ । अर्थतन्त्रको सूचक सुधार भएको र नागरिकले त्यसको महसुस गर्न समय लाग्ने पनि गभर्नर अधिकारीले दाबी गरे । विदेशी विनियम सञ्चिति, चालु खाता र शोधनान्तर स्थितिको तुलनात्मक तथ्यांक प्रस्तुत गर्दै बाह्य क्षेत्र सुधार भएको पनि उनले प्रष्ट पारेका छन् ।
सम्बन्धित समाचार
- राष्ट्रपति पौडेलले गरे जानकी मन्दिरमा पूजा
- बागमती प्रदेश सरकारद्वारा विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माणसम्बन्धी कार्यविधि बनाउने
- बार्सिलोनाले सेल्टा भिगोलाई ३-२ गोलले हरायो
- आजको मौसम : आंशिकदेखि सामान्य बदली रहने
- प्रधानमन्त्री प्रचण्ड र नर्वेका प्रधानमन्त्रीबीच भेट
- नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरुले बिहीबार पनि आन्दोलन जारी राखे (तस्विर)
- निक्षेप र कर्जा घट्यो
- विश्व शान्ति दिवस नेपालमा पनि मनाइदै
- विज्ञानलाई नै चुनौती दिदैँ १०१ बर्षीय महिलाले जन्माईन् बच्चा
- महानगरपालिकाले विद्यालय बन्द गर्ने शिक्षकलाई कारबाही गर्ने
- ‘छैटौं कोस अन्तर्राष्ट्रिय ‘ट्राइ–एडभेन्चर्स च्याम्पियनसिप’ २०८०
- यसरी मनाइयो संविधान दिवस (फोटो फाईल)
- 0मनाङको उच्च भागमा फेला पर्याे अर्को ताल
- 0नेपाली कांग्रेस मनाङका सक्रीय सदस्य पेमा छिरिङ्गको अन्त्येष्टी गरियो
- 0संघीय सांसद पोल्देन छोपाङको दादागिरी शैली
- 0पूर्वश्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ र सांसद कर्म घले राहत सहति मनाङमा
- 0हिमालको काखमा बोलको मनाङको गीतले चर्चा बटुल्दै
- 0नेपाली काँग्रेस मनाङले प्रदेश सभा निर्वाचन क्षेत्र नंम्बर क र ख मा क्षेत्रीय प्रतिनिधि गठन गर्यो
- 0पूर्व राज्यमन्त्री गुरुङ संविधानसभा पदकबाट विभूषित हुने
- 0मनाङका पूर्व जिल्ला विकास समिति सभापतिको निधन
- 0माथिल्लो मनाङमा बाटो खोल्न सांसद घले एवं पूर्व राज्यमन्त्री गुरुङको पहल
- 0मनाङको सदरमुकाम चामेमा सुविधासम्पन्न अस्पताल
- 0लगातारको वर्षाका कारण अवरुद्ध सडक पुर्व राज्यमन्त्री गुरुङको निजी लगानीमा खुलाईयो
- 0मनाङका कांग्रेस उम्मेद्वार टेक बहादुर गुरुङ माथि एमालेका प्रतिद्वन्दी पोल्देन छोपाङ गुरुङको निर्देशनमा गाउँपालिकाका उपाध्यक्ष नेतृत्वको समूहद्वारा आक्रमण