नाशोंका बाढिपिडितलाई अमेरीकाबाट सहयोग बितरण

नाशोंका बाढिपिडितलाई अमेरीकाबाट सहयोग बितरण

गत असार १ गते परेको अविरल वर्षाका कारण मनाङ जिल्लामा आएको वाढी पहिरोका कारण देश विदेशदेखि विभिन्न संघ संस्था व्यक्तिहरुले राहत वितरण गरेका थिए यसै वीच यु.एस.ए न्यू योर्क निवासी अर्जुन घले (तिल्चे), कान्ती गुरुङ (ताल), कृष्ण गुरुङ (नाचै), अमर गुरुङ (ओडार), नन्द गुरुङ (ताल), नन्द जंग गुरुङ (थानचोक), देवी जंग गुरुङ (ताल), अनिता घले (तिल्चे), सुरेश गुरुङ (ओडार), हिमाली गुरुङ (थानचोक), बुद्धि गुरुङ (ओडार), कृष्ण गुरुङ (घेलान्चोक), लालीमाया गुरुङ (नाचै)को विशेष पहलमा न्यू योर्क वरपरका वासिन्दाहरुबाट राहत वितरणका लागी आर्थिक सहयोग संकलन गरि अ‍ेमरिकाबाट प्रतिनिधिका रुपमा आएकी कान्ती गुरुङले मनाङका प्रतिनिधि एवं समाजसेवीहरु संग समन्वय गरेर त्यहाको क्षतिको विवरण र आवस्यक पर्ने सहयोगको बारेमा जानकारी लिइ असोज २ गतेका दिन सहयोग वितरणका लागी काठमाडौंबाट हेलिकप्टर मार्फत प्रदेश सभा सांसद चिन्ता बहादुर घले, नाशो गा.पा. अध्यक्ष चन्द्र घले, वडा नं ३ का अध्यक्ष मिन बहादुर गुरुङ र नेपाली काँग्रेस मनाङका सचिव सुरेन्द्र गुरुङलाई आफ्नो प्रतिनिधित्वमा लगी प्रदेश सभा सांसद चिन्ता बहादुर घलेको प्रमुख अतिथ्यता, नाशों गा.पा. अध्यक्ष  चन्द्र घलेको विशेष अतिथ्यता र  वडा नं १ तालका वडा अध्यक्ष झलक बहादुर गुरुङको अध्यक्षतामा तालमा कार्यक्रम सञ्चालन गरी ५७ घरधुरीका ताल बासीलाई रु २०,०००/- का दरले ११,४०,०००/- र धारापानी, खात्रो, ताचै बगरछाप लगायका २७ घरधुरीलाई रु १०,०००/- का दरले सहयोग वितरण गरेका थिए भने वडा नं १ घेराङ गाउँलाई प्रतिघर एक बोरा चामल, एक लिटर तेल र एक किलो दालका दरले वितरण गरेका थिए ।



त्यस्तै दोस्रो चरणमा नाचै, तिल्चे, धारापानी ओडार, घेलान्चोक, थोचे, ताचै, बगरछाप, दानक्यु, तिमाङ, थानचोक र चामे लगायतका गाउँमा सहयोग वितरण गर्ने सुरेन्द्र गुरुङले जानकारी दिए ।

सम्बन्धित समाचार