यातायात व्यवसायीहरुको काठमाडौंमा र्‍याली, ट्राफिक व्यवस्थापनमा समस्या

यातायात व्यवसायीहरुको काठमाडौंमा र्‍याली, ट्राफिक व्यवस्थापनमा समस्या



भाडा समायोजन र कोरोनाविरुद्धको खोप माग गर्दै यातायात व्यवसायीहरुले काठमाडौंमा र्‍याली निकालेका छन् ।
व्यवसायीहरुले बिहीबार बिहान आ-आफ्नो सार्वजनिक यातायातका साधनसहित र्‍याली निकालेका हुन् । बालाजु, जोरपाटी लगायतका स्थानबाट निकालिएको र्‍यालीले रिङरोड परिक्रमा गर्ने छ ।
र्‍यालीमा निस्किएका सवारी साधनहरुको सडकमा लामो लाइन देखिएको छ । साना-ठूला सार्वजनिक गाडीहरु एकसाथ रिङरोडमा निस्किंदा ट्राफिक व्यवस्थापनमा समस्या देखिएको छ ।
सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालको आह्वानमा सडकमा निस्किएका व्यवसायीहरुले यातायातको भाडा एवम् ट्याक्सीको सुरुवाती कल समायोजन गर्न, कोभिड खोपको व्यवस्था गर्न, २० वर्ष अवधि पुगेका सवारी साधनको अवधि थप गर्न, नवीकरण र जरिवाना छुट गर्न लगायतका माग राखेका छन् ।
सार्वजनिक यातायात केन्द्रीय महासंघले २०६९ सालपछि वैज्ञानिक भाडा समायोजन नभएकाले आन्दोलनमा उत्रिनु परेको जनाएको छ । संघ सरकारले अन्तर प्रदेशको यातायातको भाडा वृद्धि गरिसक्दा पनि प्रदेश भित्र र स्थानीय रुपमा चल्ने सार्वजनिक गाडीहरुको भाडा समायोजन नहुँदा सवारी चलाउनै नसक्ने अवस्था महासंघको भनाई छ ।

सम्बन्धित समाचार