नेपाली काँग्रेस मनाङले एकैदिन जेष्ठ राजनितिज्ञ र युवा नेता गुमायो

नेपाली काँग्रेस मनाङले एकैदिन जेष्ठ राजनितिज्ञ र युवा नेता गुमायो

मनाङ । नेपाली काँग्रेस मनाङका २ नेताको एकै दिन निधन भएको छ । ने.का. मनाङका जेष्ठ नेता कर्मा गुरुङ (तारा) र नेपाली काँग्रेसको युवा नेता छिरिङ ग्याल्पो पुनेलको २०७८ असार २१ गतेका दिन निधन भएको हो ।
    

जेष्ठ नेता कर्मा गुरुङ वि.सं. २०४३ साल देखि सक्रिय रुपमा नेपालको राजनितिमा लागी परेका थिए भने उनले वि.सं. २०४६ सालको जन आन्दोलनमा नेपाली काँग्रेस मनाङबाट सक्रिय भुमिका निभाएका थिए साथै मनाङ समाजको लागी धार्म, संस्कृतिको जगेर्ना र सामाजीक कार्यहरुलाई प्राथामिकता दिदै आएका थिए । यस्तै युवा नेता पुनेल विद्यार्थी काल देखि नै नेपाली काँग्रेको भातृ संगठन नेपाल नेपाल विद्यार्थी संघ मनाङका संस्थापक अध्यक्ष समेत रहि समाजसेवा गर्दै हाल नेपाली काँग्रेको तर्फबाट नाशोँ गा.पा. वडा नं ५ थोचेका अध्यक्षमा निर्वाचित भएका थिए ।
    

यी दुई महान हस्तीको निधन प्रति नेपाली काँग्रेस मनाङका सभापति टेक बहादुर गुरुङले शोक सभा राखि नेपाली काँग्रेस मनाङलाई ठूलो क्षती पुगेको मात्र नभई सम्पुणर् मनाङ जिल्लालाई नै क्षति पुगेको बताएका छन् ।

सम्बन्धित समाचार