बलिउड चलचित्र "उंचाईको" सुटिङ स्थल अवलोकन गर्न निर्माता निर्देशक सहितको टोली मनाङमा

बलिउड चलचित्र "उंचाईको" सुटिङ स्थल अवलोकन गर्न निर्माता निर्देशक सहितको टोली मनाङमा

बलिउडको प्रख्यात राजश्री प्रोडक्सनको ब्यानरमा छायंकन हुन लागेको चलचित्र “उंचाई” को छांयकन स्थल अबलोकन गर्न निर्माता निर्दशक सुरज बडाजात्याको टोली मनाङ पुगेका छन् । उक्त टोली अल्टिच्युड एयरको २ वटा हेलिकप्टरबाट मनाङ पुगेका हुन् ।



उक्त टोली २ वटा हेलि कप्टरमा भाद्र २१ गते मनाङ पुगी भाद्र २३ गते सम्म २ दिन मनाङमै रहि मनाङ ङिस्याङ गांउपालिका वरपर स्थानको अबलोकन गरेका छन् । २ दिनको अबलोकन पश्चात् टोली बुधबार काठमाण्डौ फर्कि सगरमाथा आधार शिबिरमा पनि सुटिङ स्थलको लागि अबलोकन गर्न जाने नेपालको लागि थ्री वीलर्स फिल्मसका अध्यक्ष लाईन प्रोड्युसर सुरज अचार्यले जानकारी दिएका छन् । मनाङको लोकेशन निकै मन पराएको र मनाङमा १० दिन जतिको सुटिङ हुने नेपालको लागि लाईन प्रोड्युसर सुरज अचार्यले जानकारी दिए ।


मनाङ जिल्ला लगायत नेपालको अन्य स्थानमा पनि सुटिङ हुन लागेको यस चलचित्रमा अमिताभ बच्चन, अनुपम खेर, डेनी डेन्जोङपा, सारिका, बोमन ईरानी, परिणिती चोपडा, आदिको मुख्य भुमिका रहेको छ । २ हप्ता अगाडि पनि यस टोलीले जोमसोम, कागबेनी, लुक्ला, नाम्चे बजार र लाङटाङ क्षेत्रको अबलोकन गरिसकेको छ । कोभिडले गर्दा थला परेको पर्यटन ब्यवसाय यो चलचित्रको सुटिङले मनाङको पर्यटन ब्यवसायलाई धेरै सहयोग पुग्ने र चलचित्र प्रदर्शन पश्चात् मनाङमा भारतिय पर्यटकहरू धेरै आउने सक्ने पर्यटन ब्वसायी बिनोद गुरूङले जानकारी दिए ।

गुरूङका अनुसार आफुले मनाङमा नेपाली चलचित्र सुटिङ गर्न धेरै चलचित्र निर्माता निर्देशकहरूलाई अनुरोध गरेकोमा केही नेपाली चलचित्र सुटिङ गरे पश्चात् मनाङको प्रचार भई धेरै नेपाली पर्यटकहरू मनाङ भ्रमण गर्न आएको कुरा पनि ब्यक्त्त गर्नु भयो । यो बलिउड चलचित्र प्रदर्शन पश्चात् मनाङ मात्र नभई सिङगो नेपालकै प्रचार भई नेपाललाई विश्व सामु चिनाउन मद्वत पुग्ने छ । स्थानीय ब्यवस्थापनको रूपमा सोनाम गुरूङलाई जिम्मा दिएको लाईन प्रोड्युसर अचार्यले जानकारी दिए ।

सम्बन्धित समाचार