पूर्व राज्य मन्त्री गुरुङद्वारा ल्होसार शुभकामना ब्यक्त

पूर्व राज्य मन्त्री गुरुङद्वारा ल्होसार शुभकामना ब्यक्त

    काममाडौं, ११ पौष / माथिल्लो मनाङका बासिन्दाहरुले परम्परादेखि मनाउँदै आएको होल्ताङपा ल्होसार (चि–ल्हो)को अवसरमा पूर्व श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले शुभकामना व्यक्त गरेका छन् । पूर्व राज्यमन्त्री गुरुङले नयाँ वर्षको रुपमा मनाईदै आएको होल्ताङ ल्होसारका अवसरमा सम्पूर्ण मनाङबासीहरुमा सुख, शान्ति एवं समृद्धीको शुभकामना व्यक्त गरेका हुन् ।
    पूर्व राज्यमन्त्री गुरुङले शुभकामना सन्देश ब्यक्त गर्दै भनेका छन् ‘देश विदेशमा रहनुभएका समस्त मनाङबासी दाजुभाई दिदीबहिनीहरुमा यस वर्षको होल्ताङपा ल्होसारले सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगति प्रदान गरोस् भनी शुभकामना ब्यक्त गर्न चाहन्छु ।’
    मनाङबासीहरुले राजधानीको स्वयम्भूस्थित मनाङ समाज सेवा समितिको गुम्बामा एउटा भव्य समारोहको आयोजना गरी होल्ताङ ल्होसार मनाईरहेको सन्दर्भमा पूर्व राज्यमन्त्री गुरुङले अगाडि भने ‘गएको वर्ष तिता मिठा जे जस्तो अनुभव रहेता पनि यो आउने वर्षले जिल्लाबासीहरुमा एकताबद्ध गरी सद्भाव कायम गर्न बल पुगोस् भन्ने कामना गर्दछु ।’
    शुभकामना सन्देशमा पूर्व श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले थोरै जनसंख्या भएको मनाङ जिल्लामा मनाङबासीहरु कतै न कतै नाता जोडिएको हुनाले भावनात्मक रुपमा सबैले एकअर्कालाई सम्मान र सहयोग आदान प्रदान गर्न समेत यो होल्ताङपा ल्होसारले प्रोत्सान गरोस् भन्ने चाहना ब्यक्त गरेका छन् ।  


सम्बन्धित समाचार