मनाङ समाज सेवा समिति अमेरिकाद्वारा सहयोग

मनाङ समाज सेवा समिति अमेरिकाद्वारा सहयोग

    काठमाडौं, २ जेठ /सरकारले जारी गरेको लक डाउनको कारण राजधानीका असहायहरुलाई खाद्य पदार्थ वितरण गरिरहेको मनाङ समाज सेवा समिति नेपाललाई मनाङ समाज सेवा समिति अमेरिकाले २ हजार डलर राहत रकम उपलब्ध गराएको छ । उक्त रकम मनाङका जेष्ठ नागरिक हिसिनुर्पा घलेमार्फत मनाङ समाज सेवा समिति काठमाडौंका अध्यक्ष सुनिल गुरुङलाई हस्तान्तरण गरिएको हो ।
    विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस कोबिड १९ को संक्रमणको विरुद्ध नेपालमा पनि सरकारले जारी गरेको लकडाउनका बेला काडमाडौंमा रहेका असहायहरुलाई खाद्य पदार्थ वितरण गरेर समाजिक सेवामा उल्लेखनीय काम गर्दै आईरहेको मनाङ सेवा समिति काठमाडौंलाई मनाङ सेवा समिति अमेरिकाले चेक मार्पmत उक्त रकम उपलब्ध गराएको अध्यक्ष गुरुङले जानकारी दिए ।


    लकडाउनका कारण विचल्लीमा परिरहेका असहायहरुका लागि खाद्य वस्तुसँगै पौष्टिक आहारको समेत व्यवस्था गर्दै आएको मनाङ समाज सेवा समिति काठमाडौंले सहयोग रकम जुटाएर स्वयम्भुको भगवानपाउबाट खाद्यवस्तुहरु वितरण गर्दै आईरहेको पनि अध्यक्ष गुरुङले बताए ।



सम्बन्धित समाचार