मनाङको चामेमा सम्पन्न भयो छेवाङ उत्सव, गुरु रिम्पोर्छेको विशाल मूर्ति निर्माण कार्यको शिलान्यास
- by मनाङअनलाईन सम्वाददाता
- 2019-05-24
- 1337 views

चामे, १० बैशाख । लामा गुरु लोड्रो राप्सेल रिन्पोछेद्वारा हिजो विहीवार मनाङको चामे गाउँपालिका वडा नं. ४ मा दीर्घायु अभिषेक (छेवाङ) गर्ने कार्यक्रम सम्पन्न गरिएको छ । धर्मगुरु लोड्रो राप्सेल रिन्पोछेबाट गरिएको दिर्घायु अभिषेक(छेवाङ) लाई मनाङका बौद्धमार्गीहरुले बढो महत्वपुर्ण धार्मिक कार्यक्रमका रुपमा लिने गरेका छन् ।
उक्त समारोहमा मनाङका अधिकांश श्रद्धालु भक्तजनहरुको सहमागिता रहेको थियो । सो अवसरमा अघिल्लो दिन चामे गाउँपालिका वडा नं.४ छम्काङमा गुरु रिन्पोछेको बिशाल र महत्वकांक्षि ५७ फिट अग्लो मुर्ति निर्माणको सिलन्यास गरिएको थियो । मनाङका हजारौं भक्तजनहरुका साथै स्थानीय जनप्रतिधिहरु, सरकारी कार्यालयका कर्मचारीहरु र सर्वसाधारणहरुको ठूलै भिड लागेका कार्यक्रमलाई चामेबासीहरुले बढो महत्पूर्ण दिनको रुपमा लिएको मनाङका बरिष्ठ सामाजसेवी एवं राजनीतिक व्यक्तित्व साङदो लामाले जानकारी दिए ।
स्थानीय बासिन्दाहरुले यो दिनलाई जिल्लाकै एक ऐतिहासिक दिनको रुपमा लिएको लामाले बताए । उनका अनुसार चामे गाउँपालिका वडा नं. ४ मा प्रतिष्थापन गर्न लागिएको उक्त मूर्तिले मनाङ जिल्लाकै गौरव बढाउने घ्यालसुम्दो बासीहरुको भनाई छ । गुरु रिम्पोछेको मूर्ति प्रतिष्थापन गर्नका लागि तलेखुका पासाङ लामाले ६ रोपनी क्षेत्रफल भएको जमीन दान गरेका छन् भने मुर्ति निर्माणमा लामा निमाले विशेष पहल गरेका हुन् ।
उक्त मूर्ति निर्माण कार्य सकिएपछि त्यस स्थानलाई एउटा धार्मिक क्षत्रकै रुपमा विकास गर्न स्थानीय बासिन्दाहरुले श्रमदान समेत गर्न उत्साहित भएको जानकारी दिईएको छ । स्थानीय बासिन्दाहरुका साथै अमेरिकामा रहेका घ्यालसुम्दोबासीहरुले यस अभियानमा सहयोग गर्ने भएका छन् । उक्त मूर्तिसँगै उक्त स्थानमा गुम्बाका साथै मेडिटेशन शिविरहरु निर्माण गरेर धार्मिक पर्यटन केन्द्र विकास गर्न लागिएको जग्गा दाता पासाङ लामाले बताएका छन् ।
गुरु रिम्पोछेको मूर्ति निर्माणको विषयमा अनलाईनमार्पmत दक्षिण कोरिया निवासी मनाङकी लक्ष्मी गरुङले मनाङअनलाई भनेकी छिन् ‘जग्गा दान गर्ने पासाङ लामाको बुवा कर्म छन्देन लामा ठुलो धर्म गुरु हुनुहुन्थ्यो, त्यो जग्गा भएको ठाउँमा गुरुज्युको ध्यान गर्ने घर (छ्मगाङ) थियो । गुरुज्युको स्वर्गरोहणपश्चात त्यो घर त्यतिकै खाली थियो, उहाँको छोरा पासाङ लामाले नै चामे गाउँ पालिकालाई हस्तान्तरण गरेका हुन् । त्यो जग्गामा गुरु रिम्पोछे मुर्ति र गुम्बा अनि स–साना मेडिटेसन शिविरहरु बनाउने तयार भईरहेको छ ।’
सम्बन्धित समाचार
- नाशोँ गाउँपालीका नेरापानु डाँडामा विगत एक महिना देखि डडेलो
- नाशोँ गाउँपालीका नेरापानु डाँडामा विगत एक महिना देखि डडेलो
- हिमपात र चिसोका कारण मनाङमा विकास निर्माण ठप्प
- पुर्व राज्यमन्त्री मन्त्री गुरुङद्वारा ल्होसार शुभकामना व्यक्त
- पुर्व मन्त्री गुरुङ द्वारा ल्होसार शुभकामना व्यक्त
- संसद विघटनविरुद्ध नेकपाका ८७ सांसद सर्वाेच्च जाँदै
- नासों गाउँपालिकाका बालबालिकाहरुको दन्त परीक्षण गरियो
- चामेमा बालबालिकाहरुलाई न्यानो पहिरन वितरण
- पूर्व राज्य मन्त्री गुरुङद्वारा होल्ताङ्पा ल्होसारको शुभकामना ब्यक्त
- बालबालिका लागि निःशुल्क दन्त परीक्षण गरिने बारेको सूचना
- कोविड–१९का कारण होल्ताङ्पा ल्होसार घर घरमा मनाउन आग्रह
- नेपाली कांग्रेसको सरकार विरुद्ध विरोध प्रदर्शन मनाङमा पनि सम्पन्न
- 0मनाङको उच्च भागमा फेला पर्याे अर्को ताल
- 0नेपाली कांग्रेस मनाङका सक्रीय सदस्य पेमा छिरिङ्गको अन्त्येष्टी गरियो
- 0पूर्व राज्यमन्त्री गुरुङ संविधानसभा पदकबाट विभूषित हुने
- 0मनाङका पूर्व जिल्ला विकास समिति सभापतिको निधन
- 0मनाङको सदरमुकाम चामेमा सुविधासम्पन्न अस्पताल
- 0नेपाली काँग्रेस मनाङले प्रदेश सभा निर्वाचन क्षेत्र नंम्बर क र ख मा क्षेत्रीय प्रतिनिधि गठन गर्यो
- 0हिमालको काखमा बोलको मनाङको गीतले चर्चा बटुल्दै
- 0माथिल्लो मनाङमा बाटो खोल्न सांसद घले एवं पूर्व राज्यमन्त्री गुरुङको पहल
- 0ठमेल पर्यटन विकास परिषद्मा मनाङका तीन जनाको नेतृत्व
- 0मनाङबासीहरुको सेवाका लागि हामी सदाँ समर्पित छौं
- 0मनाङकी चेली टुरिजम लाईफ टाईम अचीवमेंट अवार्ड २०१९बाट सम्मानि
- 0बाढीले मनाङको यातायात अवरुद्ध भएपछि नेता गुरुङद्वारा दुःख ब्यक्त