रनिङशिल्ड कराँतेमा महिला तर्पmको ४५ केजी समूहमा मनाङ दोश्रो
- by मनाङअनलाईन सम्वाददाता
- 2019-07-18
- 1560 views

चामे, २ साउन / ११ औं राष्ट्रपति रनिङशिल्ड कराँते विधामा महिला तर्पmको ४५ केजी समूहमा मनाङ दोश्रो भएको छ । कराँते खेलका लागि जिल्लाबाट छनौट भएकी दावा याङचुङ पुनेलले ४५ के.जी. तौल समूहमा द्वितीय स्थान र एकल काँतामा पनि त्रितीय स्थान हासिल गर्न सफल भएकी हुन् ।
मनाङका कराँते खेलाडी दावा याङचुङ पुनेलले गण्डकी प्रदेशस्तरको रनिङशिल्डमा दोश्रो स्थान हासिल गरेपछि केन्द्रीयस्तरको प्रतियोगितका लागि मौका पाएकी थिइन् । उनीसँगै प्रदेशस्तरको कराँते खेलमा नै सुदा गुरुङले पनि त्रितीय स्थान हात पार्न सफल भएकी थिईन् ।
राष्ट्रिय खेलकूद परिषद्को केन्द्रीय प्रतियागिता ११ औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०७६ असार २९ देखि ३१ गते सञ्चालन भएको थियो । त्यसैगरी गण्डकी प्रदेशस्तरीय प्रतियागिता असार २६ र २७ गते सञ्चालन भएको थियो । राष्ट्रपति रनिङशिल्डको प्रदेशका लागि जिल्लास्तरीय छनौट प्रतियोगिता असार २३देखि २४ गते सञ्चालन गरिएको थियो ।
खेलकूदको औपचारिक उद्घाटन कार्यक्रम जिल्ला खेलकूद विकास समिति मनाङको निर्माणाधिन हाई अल्टिच्यूड टे«निङ सेन्टरको मैदान तिमाङमा आयोजना गरिएको थियो । कार्यक्रम उद्घाटन समारोहको सभापतित्व जिल्ला खेलकूद विकास समितिका अध्यक्ष सिंहबहादुर गुरुङले गरेका थिए भने प्रमूख अतिथि जिल्ला समन्वय समितिका प्रमूख यज्ञप्रसाद घले रहेका थिए ।
उक्त खेलाडि छनौट प्रतियोगितामा मनाङ जिल्लाका ३ गाउँपालिका ४ माध्यमिक विद्यालयहरु सहभागी भएका थिए । जिल्लास्तरमा भलिवल, एथलेटिक्स र कराँते खेलका विधाहरुमा सहभागी भई प्रदेशका लागि एथलेटिक्स र कराँते खेलमा मनाङको सहभागिता रहेको थियो ।
४ वटै गाउँपालिकाको सहभागिता आवश्यकता रहेपनि नार्पाभूमि गाउँपालिका माध्यमिक तहको विद्यालय नभएकोले सहभागी हुन नसकेको जिल्ला खेलकूद विकास समिति मनाङका कार्यालय प्रमूख दुधबहादुर गुरुङले जानकारी दिएका छन् । यसै वर्षदेखि राष्ट्रपति रनिङशिल्ड स्थानीय तहको प्रतियोगिता गाउँपालिकाले सञ्चालन गर्नु पर्ने जिम्मेवारी रहेको छ ।
जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको शिल्ड प्रकाशज्योति माध्यमिक विद्यालय थोँचे र भानु माध्यमिक विद्यालय, ताल रहेको नासों गाउँपालिकाले हात पारेको थियो ।
सम्बन्धित समाचार
- नाशोँ गाउँपालीका नेरापानु डाँडामा विगत एक महिना देखि डडेलो
- नाशोँ गाउँपालीका नेरापानु डाँडामा विगत एक महिना देखि डडेलो
- हिमपात र चिसोका कारण मनाङमा विकास निर्माण ठप्प
- पुर्व राज्यमन्त्री मन्त्री गुरुङद्वारा ल्होसार शुभकामना व्यक्त
- पुर्व मन्त्री गुरुङ द्वारा ल्होसार शुभकामना व्यक्त
- संसद विघटनविरुद्ध नेकपाका ८७ सांसद सर्वाेच्च जाँदै
- नासों गाउँपालिकाका बालबालिकाहरुको दन्त परीक्षण गरियो
- चामेमा बालबालिकाहरुलाई न्यानो पहिरन वितरण
- पूर्व राज्य मन्त्री गुरुङद्वारा होल्ताङ्पा ल्होसारको शुभकामना ब्यक्त
- बालबालिका लागि निःशुल्क दन्त परीक्षण गरिने बारेको सूचना
- कोविड–१९का कारण होल्ताङ्पा ल्होसार घर घरमा मनाउन आग्रह
- नेपाली कांग्रेसको सरकार विरुद्ध विरोध प्रदर्शन मनाङमा पनि सम्पन्न
- 0मनाङको उच्च भागमा फेला पर्याे अर्को ताल
- 0नेपाली कांग्रेस मनाङका सक्रीय सदस्य पेमा छिरिङ्गको अन्त्येष्टी गरियो
- 0पूर्व राज्यमन्त्री गुरुङ संविधानसभा पदकबाट विभूषित हुने
- 0मनाङका पूर्व जिल्ला विकास समिति सभापतिको निधन
- 0मनाङको सदरमुकाम चामेमा सुविधासम्पन्न अस्पताल
- 0नेपाली काँग्रेस मनाङले प्रदेश सभा निर्वाचन क्षेत्र नंम्बर क र ख मा क्षेत्रीय प्रतिनिधि गठन गर्यो
- 0हिमालको काखमा बोलको मनाङको गीतले चर्चा बटुल्दै
- 0माथिल्लो मनाङमा बाटो खोल्न सांसद घले एवं पूर्व राज्यमन्त्री गुरुङको पहल
- 0ठमेल पर्यटन विकास परिषद्मा मनाङका तीन जनाको नेतृत्व
- 0मनाङबासीहरुको सेवाका लागि हामी सदाँ समर्पित छौं
- 0मनाङकी चेली टुरिजम लाईफ टाईम अचीवमेंट अवार्ड २०१९बाट सम्मानि
- 0बाढीले मनाङको यातायात अवरुद्ध भएपछि नेता गुरुङद्वारा दुःख ब्यक्त