पोचो गुम्बा परिसरमा रेलिङ र सिडी निर्माण सम्पन्न

पोचो गुम्बा परिसरमा रेलिङ र सिडी निर्माण सम्पन्न

    मनाङ, २४ असोज/ मनाङ जिल्लाको मनाङ ङिस्याङ गाउँपालिकामा रहेको पोचो गुम्बा परिसरमा रेलिङ र सिडी निर्माण कार्य सम्पन्न भएको छ । पूर्व श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङको निजी खर्चमा उक्त कार्य सम्पन्न गरिएको हो ।


    मनाङका ऐतिहासिक धरोहरहरुभित्र पर्ने पोचो गुम्बा परिसरमा रहेको राजाको गुम्बासम्म पुग्ने सिडी र गुम्बा परिसरमा रेलिङ निर्माण गरेपछि स्थानीय बासिन्दाहरुले खुशी ब्यक्त गरेका छन् । नेपाली कांग्रेस मनाङका सभापति पूर्व श्रम तथा रोजगार राज्यमन्त्री गुरुङले जिल्लाबासीहरुको आस्थाको धरोहरको रुपमा यो धार्मिक एवं ऐतिहासिक स्थलमा आफूले निजी खर्चमा उक्त योजना सम्पन्न गरेको बताएका छन् ।