नेपालमा यो वर्षको मनसुन सुरु हुने

नेपालमा यो वर्षको मनसुन सुरु हुने

भोलि (शुक्रबार) बाट नेपालमा यो वर्षको मनसुन सुरु हुने जल तथा मौसम विज्ञान विभागका अनुसार छ । पूर्वीनेपाल हुँदै भोलिबाट मनसुन सुरु हुन लागेको हो । 

भोलि पूर्वबाट नेपालमा एउटा न्यूनचापीय क्षेत्र प्रवेश गर्ने देखिन्छ । त्यसैले भोलिबाट नेपालमा मनसुन सुरु हुने मौसमविद् समीर श्रेष्ठ जानकारीदिनुभयो । 

यसवर्ष अधिक वर्षा हुने जल तथा मौसम पूर्वानुमान विभागले जनाएको छ । अधिक वर्षा हुने भएकाले सम्भावित क्षति हुन नदिन आवश्यक गृहकार्य सुरु गर्न विभागले जिल्ला विपद् व्यवस्थापन समितिलगायत सरोकारवाला निकायलाई आग्रह गरेकोे छ । अहिले नेपालमा प्रि-मनसुनको चलिरहेको छ । हाल नेपालमा पश्चिमी वायु, पूर्वीय वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको छ ।

सम्बन्धित समाचार