कोविड–१९का कारण होल्ताङ्पा ल्होसार घर घरमा मनाउन आग्रह

कोविड–१९का कारण होल्ताङ्पा ल्होसार घर घरमा मनाउन आग्रह

    काठमाडौं, ३० मंसिर/ हिमालपारीका गुरुङहरुको महान पर्व “होल्ताङ्पा ल्होसार’’ कोविड–१९का कारण यस मेला पर्वका रुपमा एकै ठाउँमा भेला भएर मनाउन नपाए घर घरमा हर्सोल्लासपूर्वक मनाउन मनाङ समाज सेवा समितिले आग्रह गरेको छ । सार्वजनिक सूचना जारी गरी समितिले यस्तो आग्रह गरेको हो ।
    कोरोना भाईरसको विश्वब्यापी महामारीका कारण मनाङबासीले पनि यो समस्याको मध्यनजर गरेर “होलताङ्पा ल्होसार’’ यस बर्ष आज ३० गते पर्ने ० गते (छेब–१) पर्न गएकोमा विगतका वर्षहरुमा जसरी मनाङ समाजको गुम्बामा भेला भए्र भव्यताका साथ मनाउन नसकिएको मनाङ समाज सेवा समितिका अध्यक्ष सुनिल गुरुङले बताएका छन् ।


    अध्यक्ष गुरुङले भनेका छन् ‘ल्होसार पर्वको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण महानुभावहरुमा सुख, शान्ति र समृद्धिको कामना गर्दै विश्व व्यापी रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण समूहगत रुपमा भेला भइ मनाउन नसकिएता पनि आ–आफ्नो घरमा उल्लासमय ढंगले मनाउनु हुन अनुरोध गर्दछौ ।’


सम्बन्धित समाचार