
काठमाडौं, ११ असोज/ कोरोना भाईरसका कारण लाग्ने रोग कोविड–१९ को महामारी फैलिएर विश्वको आर्थिक र सामाजिक अवस्थामा निकै नै तनाब उत्पन्न भईरहेको छ । यसले जनस्तरमा आपसी सम्पर्क र भेटघाटलाई अत्यन्तै न्युन गराईदिएको छ । वस्तिका बासिन्दाहरु सडकमा हिडडुल गर्न नपाउँदा र आतिथ्यता सत्कारका खोलिएका व्यावसायिक प्रतिष्ठानहरु सञ्चालन गर्न नपाईदा हुने आवागमन सून्य जस्तै भएका अहिलेको अवस्थामा पर्यटन चहलपहल त कल्पना नै गर्न नसकिने अवस्था छ ।
कोविड १९ कै कारणले देशभित्र जारी गरिएको लक डाउन, निषेधाज्ञा र सर्वसाधारण खुल्ला रुपमा घुमफिर गर्न नपाउँदा पर्यटन व्यवसायीहरुमा समेत निकै नै निराशा छाएको छ । नेपाल सरकारले सन २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने घोषणा गरेर यसको सबै तयारी पूरा गरिसकेको र देशभर २० लाख पर्यटन विदेशबाट भित्र्याउने कल्पना पनि गरेको थियो । नेपाल भ्रमण वर्षको उद्घाटन समेत भईसको अवस्थामा विश्वब्यापी महामारीको रुपमा आएको कोविड १९ ले नेपाल भ्रमण वर्ष २०२० का सबै गतिविधिहरु स्थगित गर्न नेपाल सरकार बाध्य भयो । यहि अवस्थाका कारण नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरु निकै नै प्रभावित बन्न पुगे ।
यस्तै नेपालका पर्यटकीय गन्तव्यहरुमध्येको मनाङ गन्तव्यपनि यसबाट अछुतो रहन सकेन । जसका कारण विश्वकै सर्वोच्च स्थानका रहेको प्राकृतिक ताल तिलिचो र विश्वकै उत्कृष्ट पदमार्गमा पर्ने १० भञ्ज्याङहरुभित्र पर्ने थोरङ्ला पास रहेको जिल्ला मनाङले पर्यटक आवागमन गुमाउन बाध्य भयो । मनाङमा यतिबेला विदेशी पर्यटकहरु आउने क्रम रोकिएको छ । जसका कारण मनाङका पर्यटन व्यवसायीहरुको आर्थिक अवस्था थलिन पुगेको छ । यद्यपी पर्यटन व्यवसायीहरु अब आन्तरिक पर्यटकहरुको पर्खाईमा रहेका छन् । कोविड–१९ रोगको फैलने क्रममा सुधार आउन थालेपछि आन्तरिक पर्यटकहरु जिल्ला भित्र्याउने विषयमा मनाङका पर्यटन व्यवसायीहरु आशावादी देखिएका छन् ।
अन्नपूर्ण चक्रीय पदमार्गको धेरै भाग पर्ने मनाङ जिल्लामा विगत केहि वर्षयता आन्तरिक पर्यटकहरुको ओहोरदोहोर हुन थालेको कारण पनि मनाङका पर्यटन व्यवसायीहरु अब आन्तरिक पर्यटन विकास गरेर यो उद्योगलाई टिकाईराख्ने तयारी गरिरहेका छन् । आन्तरिक पर्यटकहरु बढीभन्दा बढी भित्र्याउन मनाङमा रहेका पर्यटकीय वस्तुहरुलाई स्वदेशभित्रै प्रचार गर्ने र स्वदेशी पर्यटकहरुलाई पनि विदेशी पर्यटकहरुलाई सरह आतिथ्यता सत्कार दिनु पर्ने मान्यता यतिबेला मनाङका पर्यटन व्यवसायीहरुले मनन् गर्न थालेको पर्यटन व्यवसायी संघ मनाङका अध्यक्ष विनोद गुरुङ बताउँछन् ।
पर्यटन सिजनमा विदेशी पर्यटकहरुले खचाखच भरिने मनाङका होटलहरुमा कोविडका कारण नेपालमा विदेशी पर्यटकहरु आउन नसक्ने भए पनि आन्तरिक पर्यटकहरुलाई मनाङको बारेमा व्यापक जानकारी गराउन नसक्ने हो भने आन्तरिक पर्यटकहरुलाई पनि जिल्ला भित्र आकर्षित गर्न सक्ने सम्भावना समेत नरहेको पनि मनाङका पर्यटन व्यवसायीहरुको भनाई रहेको छ । मनाङभित्र आन्तरिक पर्यटकहरुलाई देखाउन सकिने थुप्रै सम्पदाहरु समेत रहेको स्थानीय बासिन्दाहरु दावी गर्छन् । जिल्लाको सांस्कृतिक र प्राकृतिक वस्तुहरुको प्रबद्र्धनमा जिल्लाका निजी क्षेत्रले अगाडि बढाउँदै आएका क्रियाकलापलाई सम्बद्ध सरकारी निकायहरुबाट पनि सहयोग पुग्नु जरुरी छ ।
सम्बन्धित समाचार
- प्रजातन्त्र दिवसका अवसरमा पूर्व राज्यमन्त्रीले दिए शुभकामना
- हिउँले निभायो मनाङको डढेलो
- पूर्व राज्यमन्त्री गुरुङद्वारा सोनम ल्होसारको शुभकामना ब्यक्त
- हिउदमा पनि मनाङमा पर्यटक भित्र्याउने प्रयास जारी
- नासों गाउँपालिकाको तिल्चेमा लागेको डढेलो नियन्त्र नजिक
- कोरोनाविरुद्धको खोप आज काठमाडौं आइपुग्दै
- गण्डकी प्रदेशमा कोरोना प्रभावित व्यवसायीलाई निर्ब्याजी ऋण
- नाशोँ गाउँपालीका नेरापानु डाँडामा विगत एक महिना देखि डडेलो
- नाशोँ गाउँपालीका नेरापानु डाँडामा विगत एक महिना देखि डडेलो
- हिमपात र चिसोका कारण मनाङमा विकास निर्माण ठप्प
- पुर्व राज्यमन्त्री मन्त्री गुरुङद्वारा ल्होसार शुभकामना व्यक्त
- पुर्व मन्त्री गुरुङ द्वारा ल्होसार शुभकामना व्यक्त
- 0मनाङको उच्च भागमा फेला पर्याे अर्को ताल
- 0नेपाली कांग्रेस मनाङका सक्रीय सदस्य पेमा छिरिङ्गको अन्त्येष्टी गरियो
- 0पूर्व राज्यमन्त्री गुरुङ संविधानसभा पदकबाट विभूषित हुने
- 0मनाङका पूर्व जिल्ला विकास समिति सभापतिको निधन
- 0मनाङको सदरमुकाम चामेमा सुविधासम्पन्न अस्पताल
- 0नेपाली काँग्रेस मनाङले प्रदेश सभा निर्वाचन क्षेत्र नंम्बर क र ख मा क्षेत्रीय प्रतिनिधि गठन गर्यो
- 0हिमालको काखमा बोलको मनाङको गीतले चर्चा बटुल्दै
- 0माथिल्लो मनाङमा बाटो खोल्न सांसद घले एवं पूर्व राज्यमन्त्री गुरुङको पहल
- 0ठमेल पर्यटन विकास परिषद्मा मनाङका तीन जनाको नेतृत्व
- 0मनाङकी चेली टुरिजम लाईफ टाईम अचीवमेंट अवार्ड २०१९बाट सम्मानि
- 0मनाङबासीहरुको सेवाका लागि हामी सदाँ समर्पित छौं
- 0बाढीले मनाङको यातायात अवरुद्ध भएपछि नेता गुरुङद्वारा दुःख ब्यक्त