वैदेशिक रोजगार कल्याणकारी कोषको रकम सदुपयोग गर्न सरकारलाई सुझाव

वैदेशिक रोजगार कल्याणकारी कोषको रकम सदुपयोग गर्न सरकारलाई सुझाव

    काठमाडौं, ३२ जेठ / उद्धारको पखाईमा विदेशमा रहेका नेपाली श्रमिकहरुलाई नेपाल फर्काउन वैदेसिक रोजगार कल्याणकारी कोषको रकम सदुपयोग गर्नु पर्नेमा पूर्व श्रम तथा रोजगारा राज्यमन्त्री टेकबहादुर गुरुङले जोड दिएका छन् । नोबल कोरोना भाईरसका कारण लाग्ने रोग कोविड १९ को महामारीका कारण विदेशमा अलपत्र परेका र त्यहाँ बस्न नसक्ने अवस्थाका पीडित श्रमिकहरुलाई उद्धार गर्न उक्त कोषको रकम खर्च गर्नु पर्नेमा पूर्व राज्यमन्त्री गुरुङले जोड दिएका हुन् ।
    सरकारले वैदेशिक रोजगारमा गएका नेपाली श्रमिकहरुलाई स्वदेश फर्काउन हवाई यात्राको भाडादर सार्वजनिक गरिरहरदा विभिन्न कारणले आफ्नै पैसा खर्च गरी स्वदेश फर्कन नसकेर चिन्ताग्रस्त बन्न पुगेका नेपाली श्रमिकहरुलाई समेत सोही कोषको रकमबाट खर्च गरी उद्धार गर्नु पर्ने बताए । उनले भने ‘अहिले त कारोना भाईरसको संक्रमणले विश्वभर महामारीको रुप लिएर विदेशमा रहेका नेपाली श्रमिकहरु आतंकित बन्न पुगेका छन् । तर सामान्य अवस्थामा पनि नेपाली श्रमिकहरुको रोजगारको गन्तव्य मुलुकहरुमा २० प्रतिशतले विभिन्न प्रकारका विपत झेल्दै आएका छन् । अहिलेको विश्वब्यापी संकटमा पनि त्यो कल्याणकारी कोषको रकम खर्च नगर्ने हो भने कोषप्रति श्रमिकहरुले विश्वास गर्न सक्दैनन् ।’
    रोजगारीका लागि विदेश जाने कामदारले कोषमा अनिवार्य रुपमा बुझाउनुपर्ने रकम श्रम तथा रोजगार मन्त्रालयको कार्यभार सकिदासम्म रु. ३ अर्ब ८० करोड रकम जम्मा भईसकेको र त्यसयता पनि वैदेशिक रोजगारमा जाने श्रमिकहरुको संख्या बढीरहेको भन्दै कोषको रकम परिचालन गरेर श्रमिकहरुलाई स्वदेश फर्काउन उनले सरकारलाई सुझाव दिएका छन् । उक्त कोषमा २०७४ सम्म ६ वर्षको अवधिमा ५ अर्ब ६५ करोड ७२ लाख ३१ हजार ७ सय ८ रुपैया जम्मा भईसकेको थियो । कोषका अधिकारीहरुले दिएको पछिल्लो तथ्याङक अनुसार वैदेशिक रोजगार कल्याणकारी कोषमा ६ अर्ब रुपैयाँभन्दा माथी रकम जम्मा भईसकेको छ ।
    वैदेशिक रोजगारमा गएका तथा वैदेशिक रोजगारबाट फर्किएर आएका कामदार तथा निजको परिवारको सामाजिक सुरक्षा एवं कल्याणको लागि वैदेशिक रोजगार ऐन २०६४ अन्तर्गत बोर्ड मातहत रहने गरी उक्त वैदेशिक रोजगार कल्याणकारी कोषको स्थापना गरिएको थियो । 

सम्बन्धित समाचार