मनाङका काँग्रेस सभापति गुरुङद्वारा मनाङ मस्र्याङ्दी क्लबको नयाँ कार्यसमतिलाई बधाई तथा शुभकामना

मनाङका काँग्रेस सभापति गुरुङद्वारा मनाङ मस्र्याङ्दी क्लबको नयाँ कार्यसमतिलाई बधाई तथा शुभकामना

काठमाडौं, १२ चैत्र÷राष्ट्रियस्तरमा ख्याति कमाएको मनाङबासीहरुको गौरवशाली फूटबल क्लब मनाङ मस्र्याङग्दी क्लबको हालै सम्पन्न साधारणसभाबाट निर्वाचित भएका सम्पूर्ण पदाधिकारीहरुलाई पूर्व श्रम तथा रोजगार राज्यमन्त्री, नेपाली काँग्रेस मनाङका सभापति  टेकबहादुर गुरुङले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् । 

बधाई तथा शुभकामना सन्देशमा पूर्व राज्यमन्त्री गुरुङले भनेका छन् ‘हामी सम्पूर्ण मनाङबासीहरुको गौरवको धरोहर राष्ट्रिय फूटबल क्लब मनाङ मस्र्याङ्दी क्लबको नयाँ कार्य समितिमा चयन हुनुभएका सम्पूर्ण पदाधिकारीहरुलाई बधाई दिन चाहन्छु साथै सफल कार्यकालको शुभकामना पनि दिन चाहन्छु ।’ 

पूर्व राज्यमन्त्री गुरुङले उक्त क्लबलाई गतिशिल बनाउन विगतका कार्य समितिहरुका पदाधिकारहरुले देखाएको कार्य कुशलताको पनि खुलेर प्रशंसा गरेका छन् । उनले आगामी दिनहरुमा यस क्लबले नेपालको फूटबल खेल क्षेत्रमा उच्च स्थान हाशिल गर्ने पनि आशा गरेका छन् । 


सम्बन्धित समाचार