मनाङका छिरिङ राप्के लामा कोबिड १९ हिरो भोलियन्टिएर अवार्डबाट अमेरिकामा सम्मानित
- by मनाङअनलाईन सम्वाददाता
- 2020-11-02
- 677 views

न्यूयोर्क–अमेरिका, १७ कार्तिक/ मनाङका समाजसेवी छिरिङ राप्के लामा जिपी कोईराला फाउण्डेशन अमेरिकाद्वारा प्रदान गरिएको कोबिड–१९ हिरो भोलियन्टिएर अवार्डबाट अमेरिकामा सम्मानित भएका छन् । समाजसेवी छिरिङ राप्के लामा ’कोभिड –१९ च्याम्पियन अफ च्याम्यिन्स’ अवार्डबाट समेत सम्मानित भएका हुन् ।
कोरोना भाईरसका कारण लाग्ने रोग कोबिड–१९ को महामारीको बेलामा पनि राहत वितरण तथा स्वास्थ्य सुरक्षा सामाग्री वितरण कार्यमा सक्रीय रहेको मूल्यांकनका आधारमा लामा सम्मानित भएका हुन् । फाउण्डेसनले कोरोना संक्रमणकालमा राहत वितरण तथा स्वास्थ्य सुरक्षा सामाग्री वितरणमा सक्रिय रुपमा लागेका फाउण्डेसनका केन्द्रिय सदस्य तथा समुदाय सम्बन्ध निर्देशक छिरिङ राप्के लामासहित १ सय ५० जनालाई सम्मान गरिएको फाउण्डेशनका अधिकारीहरुले जानकारी दिएका छन् । उक्त अवसरमा फाउण्डेसनका उपाध्यक्ष सुवर्ण लामालाई सेनेटर लेरोय कंग्रेबाट कोभिड १९ हिरो भोलियन्टियर अवार्ड पनि प्रदान गरिएको थियो ।
महिला दिवसको अवसर पारेर गत मार्च महिनामा वितरण गरिने उक्त समान कोरोना संक्रमणका कारण गरिएको लकडाउनले गर्दा रोकिएको र गत शनिवार न्यूयोर्क शहरमा भव्य सामारोहको आयोजना सो सम्मान प्रदान गरिएको बताइएको छ । सम्मानका लागि छनौटमा परेका सम्पूर्ण प्रत्याशिहरुलाई मेम्बर अफ न्युयोर्क एसेम्ली डिष्ट्रिक्ट ३४ डेमोक्रेट नोमिनी जेसिका जोन्जालेज रोजासले सम्मान वितरण गरेकी थिईन् ।
गिरिजाप्रसाद कोइराला फाउण्डेसन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा आदीवासी जनजाति महासंघ फिप्नाका संघीय परिषदका सभामुख राजकुमार विष्ट, शेर्पा किदुङका अध्यक्ष उर्गेन शेर्पा, जिपी कोइराला फाउण्डेसनका बरिष्ठ केन्द्रिय सदस्य शारदा क्षेत्री, रुपान्तरण अनलाईनका प्रधान सम्पादक अंकुर लुइटेल लगायतले अफ्ठेरो परिस्थितीका बेला सहयोग गर्नु नै मानवीय धर्म भएको बताए ।
सम्बन्धित समाचार
- नाशोँ गाउँपालीका नेरापानु डाँडामा विगत एक महिना देखि डडेलो
- नाशोँ गाउँपालीका नेरापानु डाँडामा विगत एक महिना देखि डडेलो
- हिमपात र चिसोका कारण मनाङमा विकास निर्माण ठप्प
- पुर्व राज्यमन्त्री मन्त्री गुरुङद्वारा ल्होसार शुभकामना व्यक्त
- पुर्व मन्त्री गुरुङ द्वारा ल्होसार शुभकामना व्यक्त
- संसद विघटनविरुद्ध नेकपाका ८७ सांसद सर्वाेच्च जाँदै
- नासों गाउँपालिकाका बालबालिकाहरुको दन्त परीक्षण गरियो
- चामेमा बालबालिकाहरुलाई न्यानो पहिरन वितरण
- पूर्व राज्य मन्त्री गुरुङद्वारा होल्ताङ्पा ल्होसारको शुभकामना ब्यक्त
- बालबालिका लागि निःशुल्क दन्त परीक्षण गरिने बारेको सूचना
- कोविड–१९का कारण होल्ताङ्पा ल्होसार घर घरमा मनाउन आग्रह
- नेपाली कांग्रेसको सरकार विरुद्ध विरोध प्रदर्शन मनाङमा पनि सम्पन्न
- 0मनाङको उच्च भागमा फेला पर्याे अर्को ताल
- 0नेपाली कांग्रेस मनाङका सक्रीय सदस्य पेमा छिरिङ्गको अन्त्येष्टी गरियो
- 0पूर्व राज्यमन्त्री गुरुङ संविधानसभा पदकबाट विभूषित हुने
- 0मनाङका पूर्व जिल्ला विकास समिति सभापतिको निधन
- 0मनाङको सदरमुकाम चामेमा सुविधासम्पन्न अस्पताल
- 0नेपाली काँग्रेस मनाङले प्रदेश सभा निर्वाचन क्षेत्र नंम्बर क र ख मा क्षेत्रीय प्रतिनिधि गठन गर्यो
- 0हिमालको काखमा बोलको मनाङको गीतले चर्चा बटुल्दै
- 0माथिल्लो मनाङमा बाटो खोल्न सांसद घले एवं पूर्व राज्यमन्त्री गुरुङको पहल
- 0ठमेल पर्यटन विकास परिषद्मा मनाङका तीन जनाको नेतृत्व
- 0मनाङबासीहरुको सेवाका लागि हामी सदाँ समर्पित छौं
- 0मनाङकी चेली टुरिजम लाईफ टाईम अचीवमेंट अवार्ड २०१९बाट सम्मानि
- 0बाढीले मनाङको यातायात अवरुद्ध भएपछि नेता गुरुङद्वारा दुःख ब्यक्त