माथिल्लो मनाङमा बाटो खोल्न सांसद घले एवं पूर्व राज्यमन्त्री गुरुङको पहल
- by मनाङ अनलाईन सम्वाददाता
- 2019-03-13
- 2669 views

चामे, २८ फागुन/हिमाली जिल्लाहरुको मौसममा सुधार आउन थालेपछि जनजीवन सहज बनाउन नेतृत्व तहले समेत पहल शुरु गरेका छन् ।
हिमालपारीको जिल्ला मनाङको सदरमुकामसम्म सवारी आवागमन सूचारु हुन थालेपछि सदरमुकामदेखि माथिल्लो भेगका गाउँसम्मका अबरुद्ध सडक सूचारु गर्न पूर्व श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ र संघीय सांसद कर्म घलेले आवश्यक पहल थालेका छन् ।
सदरमुकाम चामेदेखि खाङसारसम्मको सडकमा जमेको हिउँ पञ्छाउन आफुले स्काभेटर निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता जनाएपछि त्यसका लागि चाहिने इन्धनको व्यवस्था गर्न सांसद घलेले १ लाख रुपैया प्रदान गरेका छन् । सडक सुचारुका लागि क्रियाशिल रहन सांसद कर्म घले र पूर्व राज्यमन्त्री टेकबहादुर गुरुङले स्थानीय उपभोक्ताहरुलाई निर्देशन समेत दिएका छन् ।
सडक सूचारु गराउने क्रममा यो समाचार तयार पार्दासम्म ढिकुर पोखरीसम्म बाटो सूचारु भईसकेको सडक सुचारु गर्ने कार्यमा खटिएका स्थानीय जनप्रतिनिधि र कार्यरत जनशक्तिले जनाएका छन् । सडक माथिल्लो मनाङको पिसाङ, ङावल, घ्यारु, भ्राकालगायत मनाङ ङिसाङ गाउँपालिकाको खाङसारसम्म सूचारु गर्ने लक्ष्य रहेको छ ।
सम्बन्धित समाचार
- पूर्व राज्यमन्त्री गुरुङद्वारा नयाँ वर्षको शुभकामना ब्यक्त
- सांसद घलेले दिए नयाँ वर्षको शुभकामना
- नवनिर्वाचित पदाधिकाहरुलाई मनाङका सांसदद्वारा बधाई तथा शुभकामना
- मुखिया गुरुङको अध्यक्षतामा मनाङ मर्स्याङ्दी क्लबको नयाँ समिति
- मनाङका काँग्रेस सभापति गुरुङद्वारा मनाङ मस्र्याङ्दी क्लबको नयाँ कार्यसमतिलाई बधाई तथा शुभकामना
- मनाङका कांग्रेस सभापति र सांसदद्वारा दुर्घटनामा ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग
- मनाङमा भएको ट्रक दूर्घटनाप्रति सांसद घलेद्वारा शोक ब्यक्त
- मनाङमा भएको ट्रक दुर्घटनाका मृतकहरुप्रति पूर्व राज्यमन्त्री गुरुङद्वारा शोक ब्यक्त
- प्रजातन्त्र दिवसका अवसरमा पूर्व राज्यमन्त्रीले दिए शुभकामना
- हिउँले निभायो मनाङको डढेलो
- पूर्व राज्यमन्त्री गुरुङद्वारा सोनम ल्होसारको शुभकामना ब्यक्त
- हिउदमा पनि मनाङमा पर्यटक भित्र्याउने प्रयास जारी
- 0मनाङको उच्च भागमा फेला पर्याे अर्को ताल
- 0नेपाली कांग्रेस मनाङका सक्रीय सदस्य पेमा छिरिङ्गको अन्त्येष्टी गरियो
- 0पूर्व राज्यमन्त्री गुरुङ संविधानसभा पदकबाट विभूषित हुने
- 0मनाङका पूर्व जिल्ला विकास समिति सभापतिको निधन
- 0मनाङको सदरमुकाम चामेमा सुविधासम्पन्न अस्पताल
- 0नेपाली काँग्रेस मनाङले प्रदेश सभा निर्वाचन क्षेत्र नंम्बर क र ख मा क्षेत्रीय प्रतिनिधि गठन गर्यो
- 0हिमालको काखमा बोलको मनाङको गीतले चर्चा बटुल्दै
- 0माथिल्लो मनाङमा बाटो खोल्न सांसद घले एवं पूर्व राज्यमन्त्री गुरुङको पहल
- 0ठमेल पर्यटन विकास परिषद्मा मनाङका तीन जनाको नेतृत्व
- 0मनाङकी चेली टुरिजम लाईफ टाईम अचीवमेंट अवार्ड २०१९बाट सम्मानि
- 0मनाङबासीहरुको सेवाका लागि हामी सदाँ समर्पित छौं
- 0बाढीले मनाङको यातायात अवरुद्ध भएपछि नेता गुरुङद्वारा दुःख ब्यक्त