सांसद घलेले दिए नयाँ वर्षको शुभकामना

सांसद घलेले दिए नयाँ वर्षको शुभकामना

    काठमाडौं, १ बैशाख/ आम नेपालीहरुलाई सांसद कर्मा घलेले नेपालीहरुको नयाँ वर्ष २०७८ सालको शुभकामना दिएका दिएका छन् । प्रतिनिधि सभामा मनाङका सांसद घलेले आज मनाङअनलाईनसँग कुरा गर्दै शुभकामना सन्देश ब्यक्त गरेका हुन् ।
    शुभकामना सन्देशमा सांसद घलेले भनेका छन् ‘नयाँ वर्ष २०७८ सालले देश विदेशमा रहनु भएका नेपालीहरुमा सुख, शान्ति एवं समृद्धिका साथै सुस्वास्थ्य कायम गर्न सकोस् ।’ सांसद घलेले गत वर्षदेखि फैलिएको कोरोना भाईरसका कारण लाग्ने रोग कोबिडको महामारीको असर अझै ररिहेको भन्दै यसबाट बच्न सबैजनाले स्वास्थ्य सुरक्षासम्बन्धी मान्यताको पालना गर्न सबै नेपालीहरुलाई अनुरोध पनि गरेका छन् ।  


सम्बन्धित समाचार