प्रजातन्त्र दिवसका अवसरमा पूर्व राज्यमन्त्रीले दिए शुभकामना

प्रजातन्त्र दिवसका अवसरमा पूर्व राज्यमन्त्रीले दिए शुभकामना

    काठमाडौं, ७ फाल्गुण / फाल्गुण ७ गते मनाईने राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा पूर्व श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले शुभकामना सन्देश दिएका छन् । पूर्व राज्यमन्त्री गुरुङले ७१ औं प्रजातन्त्र दिवसको अवसरमा यस्तो शुभकामना ब्यक्त गरेका हुन् ।
    पूर्व श्रम तथा रोजगार राज्यमन्त्री नेपाली कांग्रेस मनाङका सभापति टेकबहादुर गुरुङले आमसञ्चारकर्मीहरुसँगको सम्वादपमार्फत १०४ वर्ष लामो जहानीयाँ राणाशासनको अन्त्य भई प्रजातन्त्र स्थापना भएको दिन आज फाल्गुण ७ गते गौरवमय दिनको रुपमा मनाउन पर्नेमा जोड दिएका छन् । शुभकामना सन्देश दिदै पूर्व राज्यमन्त्री गुरुङले भनेका छन् ‘आज फाल्गुण ७ गते राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति एवं समृद्धिको साथै आम नेपालीहरुको स्वतन्तता निरन्तर चलीरहोस् भन्ने शुभकामना ब्यक्त गर्न चाहन्छु ।’
    पूर्व राज्यमन्त्री गुरुङले प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौं संघर्षमा आफ्नो अमूल्य जीवन त्याग गर्ने समस्त शहीदहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शहीद परिवारप्रति सम्मान समेत ब्यक्त गरेका छन् ।


सम्बन्धित समाचार