मनाङका कांग्रेस सभापति र सांसदद्वारा दुर्घटनामा ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग

मनाङका कांग्रेस सभापति र सांसदद्वारा दुर्घटनामा ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग

मनाङ, १२ चैत । ट्रक दुर्घटनामा परि ज्यान गुमाएका परिवारलाई मनाङका कांग्रेस सभापति टेकवहादुर गुरुङ र सांसद कर्म घलेले आर्थिक सहयोग गरेका छन् । चैत ७ गते मनाङकाे नासो गाउँपालिका-३ खोत्रोमा ट्रक दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई पुर्व श्रम राज्यमन्त्री एवं नेपाली कांग्रेस जिल्ला सभापति टेकवहादुर गुरुङ र संघीय सांसद कर्म घलेले आर्थिक सहयोग गरेका हुन् ।

यस्तै नासो गाउँपालिकाले उक्त घटनाले गाउँपालिका नै शोकाकुल बनाएको भन्दै मृतकका परिवारलई आर्थिक सहयोग गरेको छ ।

सभापति टेकबहादुर गुरुङले नासो १ मृतक मनिसा गुरुङको श्रीमान सुकबहादुर गुरुङलाई ६२ हजार ५ सय त्यस्तै नासो -४ जलकासी गुरुको श्रीमान मङगल राज गुरुङलाई ६२ हजार ५ सय रुपैँया सहयोग प्रदान गरेका छन् । सांसद घलेले दुबै मृतकका परिवारलाई ५०/५० हजार आर्थिक सहयोग गरेका छन् ।


गाउँपालिकाले परिवारलाई धैर्य धारण गर्न अनुरोध गर्दै मृतक मनिसा गुरङको परिवरलाई रु १ लाख ५०हजार र मृतक जलकासी गुरुङको परिवारलाई रु१लाख सहयोग गरेको गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष चन्द्र घले र उपाध्यक्ष कमलमाय गुरङले मृतकका घरमै पुगेर उक्त रकम सहयोग गरेको अध्यक्ष घलेले बताए। उक्त दुर्घघटामा सुकवहादुर गुरुङले श्रीमती र दुई छोरा गुमाएका छन् भने मङलराज गुरुङले श्रीमती गुमाएका छन् ।

सम्बन्धित समाचार