माथिल्लो मनाङका सतिशले रचे ईतिहास, पूर्व राज्य मन्त्री गुरुङद्वारा बधाई तथा शुभकामना व्यक्त

माथिल्लो मनाङका सतिशले रचे ईतिहास, पूर्व राज्य मन्त्री गुरुङद्वारा बधाई तथा शुभकामना व्यक्त

काठमाडौं, १५ असोज । मनाङ जिल्लाको माथिल्लो मनाङका सतिश गुरुङले नेपाल सरकारको निजामति सेवाको तृतीय श्रेणीमा नियुक्ति प्राप्त गरेका छन् । उनि माथिल्लो मनाङबाट निजामति सेवाको खुला प्रतिश्पर्धामा नियुक्ति हुने पहिलो व्यक्ति हुन् । गुरुङलाई पूर्व श्रम तथा रोजगार राज्य मन्त्री टेकबहादुर गुरुङ र नेपाली काँग्रेस जिल्ला कार्यसमिति मनाङ परिवारले बधाई दिंदै सफल कार्यकुसलताको शुभकामना व्यक्त गरेका छन् ।


    नेपाल सरकार परराष्ट्र मन्त्रालयको मातहतको कार्यलयमा नव नियुक्ती पाएका गुरुङलाई बधाई दिंदै पूर्व श्रम तथा रोजगार राज्य मन्त्री टेकबहादुर गुरुङले  भनेका छन् “माथिल्लो मनाङबाट खुला प्रतिस्पर्धा मार्फत पहिलो पल्ट सरकारको निजामति सेवा तृतिय श्रेणीमा नाम निकाल्न सफल सतिश गुरुङले माथिल्लो मनाङका प्रतिभा प्रस्तुत गरेका छन् । उनले मनाङ वासीको ईज्जत बढाएका छन्, सतिशको कार्यक्षमतामा निपुर्णता आवोस र पदोन्नति हुदै जाओस भन्ने शुभकामना व्यक्त गर्दछु ।”
    पुर्व राज्य मन्त्री गुरुङले सतिश गुरुङले पाएको सफलतामा खुलेरै प्रसंशा गरेका छन् । उनले मनाङ ङिश्याङ गाउँपालिका वडा नं ७ का अध्यक्ष भुजुङ गुरुङ र मायाँ गुरुङका सन्तान सतिश गुरुङबाट मथिल्लो मनाङका युवाहरुलाई उत्साहित बनाएको समेत धारण व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार