बढी मूल्य तिरेर खोप खरीद नगर्र्र्न विश्व स्वास्थ्य संगठनको आग्रह

बढी मूल्य तिरेर खोप खरीद नगर्र्र्न  विश्व स्वास्थ्य संगठनको आग्रह

विश्व स्वास्थ्य संगठनले बढी मूल्य तिरेर खोप खरीद नगर्न विश्व समुदायलार्ई आग्रह गरेको छ ।

विश्व स्वास्थ्य संगठनले खोपको अभाव भइरहेको समय बढी मूल्य तिरेर खोप खरीद भएका सूचनाहरूलाई सम्बोधन गर्दै महामरीका समय मध्यस्थकर्ताहरूबाट अत्यधिक मूल्य निर्धारण गरी खोप खरीद गर्ने खतराबारे चेतावनी दिएको हो । कोभिड-१९ उपचारका क्रममा प्रयोग गरिने उत्पादनको स्तर पहिचान गर्नु अतिआवश्यक रहेको पनि बताएको छ । मध्यस्थहरूले निर्माता कम्पनीले बेचेकोभन्दा अत्यधिक बढी मूल्यमा खोप बिक्री गरिरहेका छन् भन्ने सूचनाहरू पाएका छौँ । संयुक्त अरब इमिरेट्समा हालै बिचौलियाले घाना र पाकिस्तानलाई स्पुतनिक खोपलाई वास्तविक मूल्यको दोब्बर मूल्य लिएर आपूर्ति गरेको समाचार बाहिरिएपछि संगठनले नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको बिषयमा यसो नगर्न चेतावनी दिएको हो ।

नयाँ खोपहरू स्वीकृति दिन संगठनले प्रयोग गरेको आपतकालीन सूचीलाई उल्लेख गर्दै कतिपय देशहरूले आपतकालिन प्रयोगका लागि अनुमतिको सूचीमा रहेका खोपहरूलाई अनसन्धान पूराभएपछि नतिजाका आधारमा स्थायी उपचार तथा रोकथामका लागि प्रक्रिया अघि बढाइनुपर्ने संगठनले जनाएको छ ।

हालसम्म कोभिड-१९ को उपचारमा आपतकालिन प्रयोगका लागि डब्लुएचओले सनोफार्म र सिनोभ्याक विश्वका धेरै देशहरूमा वितरण भइसकेका दुई चिनियाँ खोप हुन् ।

सम्बन्धित समाचार