मिलारेपा पार्कमा न्यानोपनका सामाग्री र औषधि वितरण गरियो

मिलारेपा पार्कमा न्यानोपनका सामाग्री र औषधि वितरण गरियो

    मनाङ, २४ असोज/ कोभिड– १९ को महामारीका कारणले गाउँका अधिकांश बृद्व–बृद्वाहरू मनाङको हिउँद छल्न यसपाली काठमाण्डौमा नजाने भएपछि चिसोबाट वचाउने न्यानोपनका सामाग्रीहरु वितरण गरिएको छ । मनाङङिस्याङ गाउँपालिकाका बृद्व बृद्वाहरूलाई ज्याकेटलगायतका न्यानोपनका सामागीहरु एक समारोहको आयोजना गरी मिलारेपा पार्कमा वितरण गरिएको हो ।


    मनाङका प्रसिद्ध धर्मगुरु छोँजे लामा फुञ्चोक रिन्पोर्छेले पठाएको ती सामाग्रीहरु गाउँपालिकाका वडाअध्यक्षहरू, स्थानीय बुद्धिजिवी र समाजसेवीहरुको उपस्थितिमा आयोजित समारोहमा वितरण गरिएको मिलारेपा पार्क व्यवस्थापन पक्षले जानकारी दिएको छ । सो अवसरमा मिलारेपा औषधि कन्द्रले एक्यापमा संलग्न चिकित्सकहरुको सहयोगमा मनाङङिस्याङका बृद्ध–बृद्धाहरुको स्वास्थ्य परीक्षण गरी प्रतिनिधि सभामा मनाङका सदस्य कर्मा घलेले सहयोगस्वरुप उपलब्ध गराएको औषधि समेत निःशुल्क वितरण गरिएको थियो ।


     समारोहमा सहभागी बृद्ध–बृद्धाहरुले छोंजे लामा फुञ्छोक रिन्पोर्छेलाई धन्यवाद दिएको पार्क व्यवस्थापन समितिकी अध्यक्ष छिरिङ ओङमा गुरुङ घलेले जनाएकी छिन् । अन्नपूर्ण मा.वि. व्यवस्थापन समितिकी अध्यक्ष एवं पर्यटन व्यवसायी घलेले भनेकी छिन् ‘गुरु रिम्पोर्छे धर्म गुरू मात्र नभईकन समाज सेवामा पनि त्यति नै अगस्रर हुनुहुन्छ । उहाले दीनदुःखी, गरिब, असाय, असक्त र अपाङ्गहरू लाई ३ बर्षसम्म  महिनाको रासन पानी राहत स्वरूप उपलब्ध गराउंदै आउनु भएको छ । अहिले उक्त रासन राहत हिमालय करूणा फाउन्डेसन जर्मनीले उपलब्ध गराउंदै आएको छ । यस्तो राम्रो कार्य गर्नु भएकोमा गुरूज्युलाई हामी सम्पु्र्ण गाउँबासिको तर्फबाट मुरि मुरि धन्यबाद साथै ओरछे भन्न चाहन्छौं ।’


    छाेंजे लामा फुञ्छोक रिम्पोर्छेले रासन राहत स्वरूप सन २००७ देखि २०१० सम्म र सन २०११देखि हालसम्म लामा सोनाम राप्के गुरूङको पहलमा हिमालय करूणा फाउण्डेसन जर्मनीले रासन राहत स्वरूप बितरण गर्दै आएको मनाङका सञ्चारकर्मी विनोद गुरुङले बताएका छन् । सांसद कर्मा घलेले मनाङ जिल्लाका सबै गाउँपालिकालाई निशुल्क औषधी बितरण गर्दै आएको साथै काभिड–१९ संक्रमणको शुरुवातदेखि नै नेपाल सरकारलाई र मनाङ जिल्लाका ४ वटा गाउँ पालिकालाई निशुल्क सेनिटाईजर, मास्क, थर्मल गन, पि.पि.ई.लगायतका स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराउदै आएका छन् ।

सम्बन्धित समाचार