इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाँशाखाको कार्यशाला गोष्ठी मनाङमा सम्पन्न

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाँशाखाको कार्यशाला गोष्ठी मनाङमा सम्पन्न

चामे, कात्तिक ८ । हिमाल पारीको भनिने जिल्ला मनाङमा दुई दिने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाँशाखाको दुई दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । हिमाली जिल्ला मनाङमा चिसो बढेसंगै स्वास्थ्यसंग सम्बन्धित रोग तथा समस्या समाधान तथा नियन्त्रणका लागी सो कार्यक्रम सञ्चालन गरिएको हो ।

कात्तिक ६ गते शुक्रबार र ७ गते शनिबार गरी दुई दिन सम्म उक्त कार्यशाला गोक्ष्ठी सञ्चालन गरिएको थियो । उक्त कार्यशाला गोष्ठीमा स्वास्थ्य सम्बन्धि बिभिन्न रोग तथा उक्त रोगहरुबाट बच्ने तरिका र त्यसका उपायहरुसंग सम्बन्धित रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाँशाखा टेकु काठमान्डौका टोलिले जानकारी दिएका हुन ।

उक्त कार्यक्रम जिल्लाको सदरमुकाम चामेमा सञ्चालन गरिएको थियो । कार्यक्रममा सर्ने तथा नसर्ने रोग, हिमाली भेगमा हुन सक्ने बिभिन्न स्वास्थ्यसंग सम्बन्धित समस्या, खाद्य सुरक्षा, पानी, हवाई सुरक्षा, जुनेसिस, रसायनिक सुरक्षा, विकिरण सुरक्षाको सम्बन्धमा उक्त गोष्ठि केन्द्रित रहको थियो ।

सम्बन्धित समाचार