नासों गाउँपालिकाका बालबालिकाहरुको दन्त परीक्षण गरियो

नासों गाउँपालिकाका बालबालिकाहरुको दन्त परीक्षण गरियो

    धारापानी, २ पौष/  मनाङको नासों गाउँपालिकाका ९ वटै वडाका १३ वर्षमुनिका बालबालिकाहरुको दन्त परीक्षण गरिएको छ । नासोंको थोंचेस्थित हेल्थपोष्टमा ती बालबालिकाहरुको निःशुल्क दन्त परीक्षण गरिएको हो ।


    नेपाली कांग्रेसका भातृ संगठन नेवि संघ मनाङ र नेपाल तरुण दल मनाङले आयोजना गरेको उक्त दन्त परीक्षण कार्यक्रममा नासों गाउँपालिकाका झण्डै १ सय ५० जति बालबालिकाको दन्त परीक्षण गरिएको नेपाली कांग्रेस मनाङका सचिव सुरेन्द्र गुरुङले बताएका छन् । उनले भनेका छन् ‘बालबालिकाहरुको परीक्षा सञ्चालन भईरको कारले हामीले सोच जति बालबालिकाहरुलाई सहभागी गराउन सकिएन । अर्को पल्ट पनि यस्तो कार्यक्रम सञ्चालन गर्ने र सबै बालबालिकाहरुको दन्त परीक्षण गर्ने हाम्रो उद्देश्य हो ।’


    त्यसैगरी आजै हिमज्योति आधारभूत विद्यालय, तिल्चे मनाङका १३ उमेरसम्मका छात्र छात्राहरुलाई तरुण दल र ने.वि.संघ जिल्ला कार्यसमिति.मनाङले चिसोमा न्यानो लुगा वितरण गरेको छ । भोेली थोंचेका बालबालिकाहरुका लागि न्यानो पहिरन वितरण गर्ने कार्यक्रम रहेको छ । 

सम्बन्धित समाचार